होमपेज / राजनीति
प्रकाश शर्मा मंसिर ५,सल्यान
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दार्मा गाउँपालिका वडा नम्बर २ को प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट पठु खत्रि निर्विरोध निर्वाचित भएका छन् । आइतवार दार्मा गाउँ पालिका २ मौलेइखालिमा सम्पन्न सम्मेलनले २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा लाल वहादुर केसी, सचिब धुर्ब चन्द, कोषाध्यक्ष सरिता वि क र सहसचिब चन्द्रकला रोकाय रहेका छन् ।
त्यस्तै सम्मेलनले ३० सदस्यीय पालिका प्रतिनिधि पनि छनोट गरेको छ । निवर्तमान अध्यक्ष डिल्लि बहादुर केसीको अध्यक्षता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य निम बहादुर केसी प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै जिल्ला सदस्य अन्नत प्रसाद शर्मा चन्द्र बहादुर रावत ,काअखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य देबेन्द्र चन्द ,दलित मुक्तिमोर्चा सल्यानका अध्यक्ष मानसिङ वि क ,प्रेस सेन्टर कर्णाली प्रदेश सयोजक प्रतीक शर्मा , दार्मा गाउँपालिकाका सचिब दुर्गा बहादुर मल्लको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि निम बहादुर केसि ले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र दोसल्ला ओढाएर सम्मान गरेका थिए।





.jpg)