होमपेज / राजनीति
इन्द्र बुढाथोकी कार्तिक १४ सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नेकपा एमालेको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले हुदा सचीव हुँदै पार्टी बिभाजन पछि अध्यक्ष भएका गन्जमान बुढालाई अध्यक्ष बनाउदै प्रथम अधिवेशन सम्पन्न भएको छ । ७५ सदस्यीय नगर कमिटी घोषण गर्दै गञ्जमान बुढालाई अध्यक्षको लागि सर्वसम्मत रुपमा छनौट गरिएको छ । जसको उपाध्यक्षमा चुडामणि विक, सचिवमा राजेश वलि, उप–सचिवमा प्रकाश बस्नेत र केसर राना रहेको एमाले जनाएको छ ।
सल्यानको अन्य स्थानीय तह भन्दा ढिलाइ गरि भएको अधिवेशन बेलुकीसम्म चलेको थियोे । अधिवेशनको उद्घाटन जिल्ला अध्यक्ष तथा बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले व्यानर पढेर उद्घाटन गरेका थिए । नगर अधिबेशनको शुभकामना राख्दै अध्यक्ष पुनले नेकपा एमाले अझै बलियो र ससक्त पार्टी भएको र आउदो चुनाव पुन नेकपा एमाले बिजय हुने चुनावको तयारीमा लाग्न सबै कार्यकर्ताहरुलाइ आग्रह गर्नु भएको छ ।
प्रथम नगर अधिवेशनको शुभकामना मन्तव्य पूर्व जिल्ला कमिटी सदस्य शंकर थापा, प्रदेश परिषद सदस्य दिपवहादुर खड्का, जिल्ला कमिटी सदस्य सञ्जिता शर्मा, नरभुपाल शाह, आशा वली, नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन लगाएतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
साथै राम बहादुर डाङ्गिको अध्यक्षतामा ६५ सदस्यीय युवा संघ नगर कमिटी घोषण गरिएको छ । जसको उपाध्यक्षमा धन बहादुर केसि, सचिवमा विशाल बिसि उप सचीवमा गोपाल बस्नेतलाई तोकिएको छ । नगर अध्यक्ष गञ्जमान वुढाको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विनायक केसिले गरेका थिए ।





.jpg)