ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले, माओवादी त्यागी दर्जन बढीले गरे काँग्रेसमा प्रवेश

  इन्द्र बुढाथोकी २०७८ कार्तिक १३ गते शनिबार १७:४८:४५ मा प्रकाशित

इन्द्र बुढाथोकी कार्तिक,१३ सल्यान 

ल्यानको कुपिण्डे नगरपालिकामा एक दर्जन बढीले नेपाली काँग्रेसमा प्रवेश गरेका छन । एमालेको नगर अधिवेशन हुँदै गर्दा थुप्रै कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले ५, र  माओवादी केन्द्रबाट ५ समाजवादी र राप्रपा १र १ जनाले पार्टी छोडी काँग्रेस पार्टीको सदस्यता लिएका छन् । पछिल्लो चरणमा एमाले र माओवादी छाडेर काङ्ग्रेस जानेको लर्को लागेको छ । 

माओवादी केन्द्रबाट बिरबल पोखरेल, पुष्कर कामी, लोकेन्द्र विक ,सुवबहादुर विष्ट, रमेश परियार, एमालेबाट दुर्घेस खड्का, शिव माझी, सुरेश खड्का ,सवीर हास्विन ,अर्जुन शाही , मोहलाल साहु समाजवादी र नेत्रलाल सुनार राप्रपा  गरी १२ जनाले नेपाली काँग्रेस प्रवेश गरेको नगर सचिव रामबहादुर बस्नेतले जानकारी दिए । 

कम्युनिस्टका कार्यकर्तालाई पार्टीमा स्वागतका लागि नेपाली काँग्रेसका  जिल्ला तहका नेताहरू ताँती लागेर सल्यान पश्चिम पुगेका थिए ।  डिल्लीराज रेग्मी, एकराज डाँगी, धुर्वराज पुरी, सुरेश अधिकारी, नगर सभापति पुरुषोत्तम आचार्य,दीपेन्द्र विष्ट लगायतका नेताहरूले नव प्रवेशिलाई अबिर,खादा मालाले स्वागत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top