होमपेज / राजनीति
इन्द्र बुढाथोकी, कार्तिक १३ सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको नगर पार्टी कार्यालय उद्घाटन तथा चाडपर्वको अवसरमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । ।
एकीकृत समाजवादी कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रिय उप महासचिव प्रकाश ज्वालाले कार्यालय उद्घाटन गरेका छन । अगुवा कार्याकर्ताका साथमा शुभ दिपावलि शुभकामना आदानप्रदा,चियापान तथा कार्यालय उद्घाटन समेत गरिएको छ ।
कार्यक्रम केन्द्रीय उप महासचिव प्रकाश ज्वाला, नेताहरू प्रेमा अधिकारी, प्रेम डाँगी, प्रदेश कमिटी सदस्य गणेश विसि, जीवन विसि, वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य शान्त कुमार यरि, जिल्ला कमिटी सदस्य टोपवहादुर विष्ट, पुष्कर विसि लगाएतका थुप्रै नेताहरुको उपस्थिति रहेको थियोे । पार्टीका अगुवा कार्यकर्ता माझमा ज्वालाले दिपावलिको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य नेपाल राष्ट्रिय शिक्षक संगठन शिखर यरिले गरेका थिए ।





.jpg)