होमपेज / राजनीति
इन्द्र बुढाथोकी कार्तिक ११ सल्यान । बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एकीकृत समाजवादी नगर कमिटी उपाध्यक्ष दिलिप वली नै नेकपा एमाले वडा न ११ को वडा अध्यक्ष भएका छन । एमाले वडा अधिबेशनमा दिलिप वलीको अध्यक्षतामा २९ जनाको वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्ष ग्वाने कवर, सचीव भिम बहादुर वली, उप सचीव देव बहादुर बुढा र प्रमेश बुढा मगर रहेको नगर कमिटी अध्यक्ष गन्जमान बुढाले बताएका छन ।
नेकपा एमाले बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ को वडा कमिटी आज गठन भएको छ । दिलिप ओलिको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटीको गठन भएको छ ।
कार्यक्रम नेकपा एमालेका जिल्ला कमिटी सदस्य अकबर पुनले जनताको पार्टी नेकपा एमाले मात्र भएको समेत बताएका छन एमाले पार्टी फुटेर खासै बनगाड असर नगरेको र आफ्नो पार्टीमा फर्किने लहर चलिरहेको समेत बताएका छन । एकीकृत समाजवादीमा केही झुक्किएर गए पनि सबै एमालेमा नै गोल्बद हुने समेत बताएका छन् ।
अध्यक्ष वलीले भने आफू सधै एमाले भएको र एमाले पार्टी कहिल्यै नसकिने भन्दै आफू आफ्नै घर एमालेमा फर्केको बताए । उनले भने यदि कोहि साथिहरु भुलबस कतै लागेको भए आफ्नै घर फर्कन आग्रह समेत गरे । कार्यक्रममा जिल्ला सदस्य अकबर पुन, मोतिलाल घर्ती नगर अध्यक्ष गन्जमान बुढा र सचीव बिनायक केसिको उपस्थिति रहेको थियो ।





.jpg)