होमपेज / राजनीति
प्रकाश शर्मा कात्तिक ३,सल्यान
प्रेस सेन्टर नेपाल दार्मा गाउँपालिका सल्यानको प्रथम भेला सम्पन्न भएको छ । मंगलबार मीना खड्काको अध्यक्षतामा १ जना पछि थप्ने गरेर ११ सदस्यीय पालिका समिति गठन भएको हो ।
जसको उपाध्यक्षमा नवीन केसी, सचिवमा भरत रोकाय एक्सन, कोषाध्यक्षमा रिजन केसी, सहसचिवमा कविराज खड्का रहेका छन् । यस्तै सदस्यहरुमा रामप्रसाद शर्मा, केशरचिन्तन केसी, महेश सुनार,पूर्ण बहादुर डिसी र पूजा शर्मा रहेका छन् ।
भेलामा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा दार्मा इन्चार्ज निम बहादुर केसि अरुण , नेकपा माओवादी केन्द्र दार्मा गाउँपालिका अध्यक्ष चन्द्र प्रकाश रावत लगायतले शुभकामना दिएका थिए।





.jpg)