ट्रेण्डिङ

होमपेज / राजनीति

निगालचुलामा नेकपा(एकीकृत समाजवादी)को वडा भेला सम्पन्न

  इन्द्र बुढाथोकी २०७८ आश्विन २३ गते शनिबार २१:४३:०१ मा प्रकाशित

इन्द्र बुढाथोकी, सल्यान २३ असोज 

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगाल्चुलामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को वडा भेला शनिवार सम्पन्न भएको छ । 

 भेलालाई सम्बोधन गर्ने नेताहरूले कुनै कसैको लोभ र भुलभुलैयाबाट टाढा रहेर एकीकृत समाजवादीमा लाग्न आग्रह गरेका छन् । निगाल्चुला जस्तो भौगोलिक रूपले बिकट ठाउँका जनताको उपस्थितिले एकीकृत समाजवादीको राम्रो उपस्थिति देखिएको उनीहरूको दाबी रहेको छ । 

भेलाले तुलसी प्रसाद वलीको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ भने डिलबहादुर विकको अध्यक्षता  ३५ सदस्यीय युवा सङ्घ गठन गरेको छ । कार्यक्रममा नेकपा एमालेका सङ्गठित सदस्य प्रमोद पुन, लालबहादुर खत्री, महेन्द्र खत्री, सुशील वली र नेपाली काँग्रेसबाट शेरबहादुर खड्का, शेरबहादुर वलीले समाजवादीमा प्रवेश गरेका छन् ।

भेलालाई पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष उदय बोहरा, प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सचिव रमेश कुमार गौतम, प्रदेश कमिटी सदस्य गणेश बिसी लगायतका नेताहरूले सम्बोधन गरेका थिए  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top