ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाडमा माओवादी केन्द्रको कार्यकर्ता भेला सम्पन्न, विभिन्न पार्टीबाट दुई दर्जन बढी प्रवेश

  इन्द्र बुढाथोकी २०७८ आश्विन २३ गते शनिबार २१:२९:१३ मा प्रकाशित

इन्द्र बुढाथोकी ,असोज २३ सल्यान ।

नेकपा माओवादी केन्द्रले कार्यकर्ता भेला अभियानलाई तीव्रता दिएको छ । अभियानकै सिलसिलामा  बनगाड कुपिण्डे नगरपालिका वडा  १० मा शनिवार कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

शनिवार आयोजित भेलालाई  सम्बोधन गर्दै सल्यान जिल्ला इन्चार्ज कर्ण बहादुर बुढाथोकी छहारीले अब देश र जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र मात्र भएको दाबी गरे । माओवादीले देश बनाउने एजेन्डा सहित जनतामा आएको र अब देश नै पुन माओवादी केन्द्रमै हुने समेत बताए ।  अब आउँदो स्थानीय चुनाव पनि माओवादी केन्द्रले चिन्ने समेत ठोकुवा गरे । एमालेले स्थानीय सरकार प्रमुख भएर जनताकोको खासै समस्या नबुझेको र भ्रष्टाचार डुबेको समेत उनको दाबी गरे । 

कार्यक्रममा बनगाड कुपिण्डे नगर कमिटी अध्यक्ष कृत्ति बहादुर राना दिपले अहिले आफ्नो नगरपालिकामा पार्टी सुदृढीकरण भइरहेको र सबै ठाउँमा पार्टी प्रवेश गर्नेहरूको बढी रहेको बताए । अब सबै ठाउँमा संघसंगठनका बनाएर पार्टी २०६४ सालमा फर्काउने समेत उद्घोष गरे । पिछडिएको ठाउँमा विकास निर्माणको काम केही नपुगे पनि आफूहरू अहिले दिने ठाउँमा नभएकोले समस्या भएको समेत बताए । 

कार्यक्रममा नेकपा एमाले वडा कमिटी सदस्य नर बहादुर पुन सहित अन्य विभिन्न पार्टीबाट  दुई दर्जन बढीले नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा नगर सचिव दिपक यरि, जिल्ला सदस्य  वीर बहादुर बुढा, दुर्गा बुढाथोकी नगर कमिटी सदस्य कुल बहादुर पुरी, गणेश चन्द विशाल केसी लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top