होमपेज / राजनीति
प्रकाश शर्मा असोज १६,सल्यान
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन दार्मा गाउँ परिषद्को प्रथम गाउँ परिषद् सम्पन्न भएको छ । सम्पूर्ण मुक्तिकामी शिक्षक कर्मचारी एकजुट हो औँ । । भन्ने मूल नाराका साथ शनिवार दार्मामा परिषद् सम्पन्न भएको हो ,
परिषद्ले एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन दार्माको शैक्षिक गतिविधि र आगामी रणनीति समेतको प्रतिवेदन पास गरेको छ। परिषद्लाई सम्बोधन गर्दै हेमन्त ओलिले नेपालको सरकारी विद्यालयमा हुने पठन पाठन गए गुज्रेको र अन्य स्थानमा प्रतिस्पर्धा गर्न नसक्ने विषयमा प्रश्न उठ्ने गरेको आरोप लाग्ने गरेको बताए । यो कुराको सङ्गठनले आरोपलाई चिर्न र हल गर्न तिर लाग्नु पर्ने उनको भनाई छ । माओवादी केन्द्रका जिल्ला सचिव निमबहादुर केसीले कोभिड १९ रोकथाममा शिक्षक सङ्गठनले गरेको योगदान स्मरणीय भएको बताए ।
शिक्षण संस्थाहरू पाठ्य पुस्तक रहित बनाउनु पर्ने र राष्ट्रिय रुपमा पाठ्यक्रम परिवर्तन गरी आधुनिक र व्यवहारिक शिक्षा लागु गरिनु पर्ने बताए । फरक प्रसङ्ग केसीले विगत ३० वर्षमा हुन नसकेको काम ४ वर्ष मै गरेको दाबी गरे । दार्मामा आन्तरिक स्रोत कमी भएको कारण जनताको आवश्यकता अनुसार काम गर्न नसकेको र दार्माको विकासको निम्ति सबैको एकता र सहयोग आवश्यक रहेको बताए ।
परिषदमा नेपाल राष्ट्रिय शिक्षक संगठनबाट हरिहर शर्मा ,सत्या आर्सी ओपेन्द्र अधिकारी र नेपाल शिक्षक सङ्घबाट आशा चन्दले अखिल नेपाल शिक्षक सङ्गठनमा प्रवेश गरेका छन् । परिषद्ले कविकुमार चन्दको नेतृत्वमा ८४ सदस्सीय परिषद् समिति समेत गठन गरेको छ ।





.jpg)