होमपेज / राजनीति
इन्द्र बुढाथोकी असोज १४,सल्यान
नेकपा एमालेबाट विभाजन भएपनि बनेको नेकपा एकीकृत समाजवादी) मा सनाखत गरेका सल्यानका दुई वडा सदस्यले आफूँहरु एमालेमै भएको जनाएका छन् ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –१२ का वडा सदस्य जोत बहादु बुढा र जोखे कामीले भ्रममा पारी समाजवादीमा सनाखत गराएको भन्दै आफुँहरु एमालेमा रहेको विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन । बीहिबार संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले विभिन्न भ्रममा पारी समाजवादीमा सनाखत गर्न लगाएको भएपनि आफुहरु एमालेमै भएको बताएका छन् ।
सनाखत गरी सकेपछि फिर्ता लिन पाउने वा नपाउने त्यस विषयमा भने निर्वाचन कार्यालयमा स्पष्ट कानुन देखिएको छैन । सनाखतमा स्पस्ट व्यवस्था भएपनि सनाखत फिर्ताको विषयमा निर्वाचन कार्यालय अहिलेसम्म बोलेको छैन ।






.jpg)