होमपेज / राजनीति
इन्द्र बुढाथोकी असोज १०,सल्यान
नेपाली कांग्रेसको गाउँ नगर अधिवेशनमा बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा दीपेश डिसी र पुरुषोत्तम आचार्य विजयी भएका छन् ।
दुवै जिल्ला सभापतिका उम्मेदवार केश बहादुर विष्ट प्यानलका रहेका छन् । विष्ट प्रधानमन्त्री शेर बहादुर देउवा प्यानलका हुन ।
शनिबार सम्पन्न निर्वाचनमा बागचौर नगरपालिकामा दिपेश डिसीले १सय ८ मत प्राप्त गर्दै विजयी भएका हुन । उनले निकटतम प्रतिद्धन्द्धी भीम बहादुर भण्डारीलाई ३६ मतले पछि पार्दै विजयी भएका हुन । भण्डारीले ७२ मत प्राप्त गरेका छन् । यस्तै उपसभापतिमा भिमराज केसी ७९,र भौमा न्यौपाने गौतमले १ सय २ मत ल्याएर विजयी भएका छन् । सचिवमा जीवन केसी ९२ र थुमा डाँगीले १ सय १६ मत ल्याई विजयी भएका छन् ।
बनगाड कुपिण्डे नगरपालिकामा विष्ट प्यानलककै पुरुषोत्तम आचार्यले ७२ मत ल्याएर विजयी भएका छन् । सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो । आचार्यले निकटतम प्रतिद्धन्द्धी दिपेन्द्र विष्टलाई ७ मतले पछि पादै विजयी भएका हुन । विष्टले ६५ मत ल्याएका छन् भने दुर्गा बहादुर खड्काले ६ मत मात्र प्राप्त गरेका छन् ।
उपसभापतिमा राकेश कुमार पुनमगरले ८१ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी डिल बहादुर रानाले ७७ मत प्राप्त गरेका छन् । यस्तै सचिवमा राम बहादुर बस्नेत ८० र सहसचिव योगेश कुमार पुन मगर ८१ मत ल्याएर विजयी भएका छन् ।





.jpg)