होमपेज / राजनीति
इन्द्र बुढाथोकी, असोज ६,सल्यान
पूर्व स्थानीय विकास मन्त्री प्रेम बहादुर भण्डारीले ६० भन्दा बढी हुँदा समेत देउवा सरकारले पूर्णता नपाउनुले लोकतन्त्र र गणतन्त्रको उपहास भएको बताएका छन् । अहिले सर्वोच्चको परमादेशबाट चलेको र ६० दिन पुग्दा समेत सरकारले पूर्णता नपाउनु लोकतन्त्रकै उपहास भएको उनको भनाई छ ।
बुधवार सल्यानको सल्ली बजारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको भेलामा बोल्दै पूर्व मन्त्री भण्डारीले नेताहरू देश निमार्णमा भन्दा भ्रष्टाचारमा नै चुमल्लि रहेको आरोप लगाए । २०७२ को संविधानको रक्षा गर्ने भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ परिपूर्ति गर्ने तिर राजनीतिक दलहरू लाग्दा देश अनिर्णयको बन्दी बनेको उनको भनाई छ । स्वार्थको राजनीतिक भन्दा माथि उठेर देश विकासमा लाग्न उनले आग्रह गरे ।
अबको चुनावमा राप्रपाले जित्न सके मात्र देशले परिवर्तनको आभास लिन सक्ने पूर्व मन्त्री भण्डारीको दाबी छ ।
यस्तै पूर्व राज्य मन्त्री कुन्ती शाहीले ३० वर्ष पञ्चायत सरकारले गरेको जति विकास अहिलेको ३३ वर्ष सरकारले गर्न नसकेको दाबी गरिन । अहिलेको सरकार भ्रष्टाचार र भिकारीकाे सरकार भएको उनको दाबी छ । विगतमा राजाले देश चलाउँदा पनि नेपाली जनताको नाममा ऋण नलिएको र अब आफ्नो पार्टी चुनावबाट निर्वाचित भई सरकारमा गयो भने विदेशी ऋण नलिने दाबी गरिन ।
संवैधानिक र धर्मका नाममा राजनीति भइरहेकोमा आफूले विरोध गरी हिन्दु राष्टको माग गरेको गरेको उनको भनाई छ । देशमा रहेका तीन तहका सरकार भ्रष्टाचार, छलकपट र ठेकेदारमा परिणत भएको आरोप लगाइन ।





.jpg)