ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा समाजवादीकाे वडा अभियान तीब्र

  इन्द्र बुढाथोकी २०७८ आश्विन ५ गते मंगलबार ०७:३९:१२ मा प्रकाशित


इन्द्र बुढाथोकी असोज ५ सल्यान 
पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले वडा स्तरीय अभियान तीब्र बनाएको छ ।                                                                                 नेकपा एकीकृत समाजवादी पार्टीले बनगाड कुपिण्डे वडा नं ६ मा गरेको वडा स्तरीय कार्यक्रममा २० जनाले अन्य पार्टी छाेड्दै एकीकृत समाजवादीमा पार्टी  प्रवेश गरेका छन्  । 
पार्टी प्रवेश गर्दै उनीहरुले अबको देशको नेतृत्व एकीकृत समाजवादीले मात्र गर्न सक्ने भन्दै पार्टी प्रवेश गरेको बताएका छन । उनिहरुले सबैलाई समाजवादीमा समाहित हुन आग्रह गरेका छन्  ।                                                               भेलालाई कर्णाली प्रदेश सदस्य गणेश विसि, जीवन विसि, जिल्ला कमिटी सदस्य तथा नगर अध्यक्ष रविराज शर्मा ,जिल्ला कमिटी सदस्य टाेपवहादुर विष्ट, विजय नेपालीले धारणा राखेका थिए । वडा भेलामा नेपाली कांग्रेस पार्टी प्रत्याग गर्दै उक्त वडामा खड्ग व शाहि, खिम कुमार रावत, यामवहादुर गिरि, रत्नराज पुरी, इन्द्रबहादुर पुरी, खुमलाल खत्री, कमल केसि, तेजबहादुर पुरी, अमृत केसि, नारायण पुरी, निसान पुरी, टेकबहादुर पुरी, खिम वहादुर पुरी लगाएत २० जनाले समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

त्यसै गरि गाेरख पुनकाे अध्यक्ष, खिमवहादुर वर उपाध्यक्ष, सचिवमा बाकृष्ण विक, स-सचिवमा सुनिता वुढा सहित ५१ सदस्य वडा कमिटी समेत गठन गरिएको छ ।अर्कोतिर युवा संघ समेत गठन गरिएको छ । अध्यक्षमा अमृत केसि, उपाध्यक्षमा पुष्कर वाग्रीमगर, सचिवमा तेजेन्द्र पुरि र सह सचिवमा संगम वस्नेतसहित ५१ सदस्य युवा संघ गठन गरिएको नगर सचिव प्रसान्त साहुले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top