ट्रेण्डिङ

होमपेज / राजनीति

केपी ओलीले संविधान नै सिद्ध्याउन थालेपछिको विद्रोह : नेतृ झाँक्री 

  इन्द्र बुढाथोकी २०७८ भाद्र ३० गते बुधबार १७:४७:२५ मा प्रकाशित

इन्द्र बुढाथोकी  भदा ३०,सल्यान 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ राम कुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीको नक्कली राष्ट्रवाद धेरै दिन नटिक्ने बताएकी छन् । बाहिरी रुपमा जति राष्ट्रियताको पक्षमा देखिएको भएपनि उनको बाहिरी आवरण मात्र भएको बताइन । 

बुधवार सल्यानको सल्ली बजारमा आयोजित अगुवा  कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले ओली पार्टी र  मुलुकको हितमा भन्दा पनि आफ्नो निहित स्वार्थ परिपूर्ति गर्ने उद्देश्यले अघि बढ्दा त्यसको विरुद्धमा पार्टी विभाजन भएको बताइन । धेरै लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रुपमा रहेको संविधान नै सिद्ध्याउने तरिकाले अघि बढे पछि आफूहरूले विद्रोह गरेको दाबी गरिन । उनले भनिन जुन सुकै ठाउँमा पनि विद्रोहले वैधता पाएको छ । हाम्रो केपी विरुद्धको विद्रोहले झनै वैधता नपाउने कुरै भएन । 

खड्क प्रसाद ओलीले प्रा.ली चलाएर बसेको बताउँदै उनले  २०६२ सालको जनआन्दोलनमा संविधान विरोधी भएको र प्रधानमन्त्री हुनको लागि मात्र गणतन्त्रमा हस्तान्तरण गरेको  दाबी गरिन । जनआन्दोलन भई रहँदा बयल गाडा चढेर अमेरिका पुग्न सकिँदैन भन्ने  अहिले बाध्यताले स्वीकार गरे पनि गणतन्त्रलाई असफल बनाउन उद्धत रहेको उनको भनाई छ । 

एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले एमाले पार्टीमा भस्म सुर प्रविधिले गर्दा समस्या आएको उनको भनाई छ । हिजो एमाले बनाएका सबै कार्यकर्ता समाजवादी तिर लागेकाले ओलीले एउटा वडा पनि जित्न नसक्ने दाबी गरे । ओली भित्रको अहङ्कार को अन्त्य र रूपान्तरण भए एकता हुन सक्ने तर अहिले उक्त सम्भावना नै नरहेको ज्वालाको भनाई छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top