होमपेज / राजनीति
प्रकाश शर्मा भदौ २८,सल्यान
अखिल नेपाल महिला संघ क्रान्तिकारी दार्मा गाउँकमिटीको सम्मेलन तयारी भेला सम्पन्न भएको छ । सोमबार दार्माको फारुलामा भएकाले भेलाले भेला ले जुना मल्ल को नेतृत्वमा ३३ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
भेलामा बोल्दै अनेम संघ केन्द्रीय उपाध्यक्ष टिका बुढाथोकीले महिलाहरुको देनलेनै नेपालमा भएका सम्पुर्ण खालका आन्दोलन र परिवर्तन सम्भव भएको बताइन । हालसम्म भएका उपललब्धिहरुलाई रक्षा गर्दै समाजवादको आधार तयार गर्न महिलाहरु गोलबन्द हुन अनरोध समेत गरिन । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य समेत रहेककी बुढाथोकिले महिलाहरु उत्पादन मूलक ,शिपमुलक काम गर्ने खालका सहकारी निर्मार्ण गरि आत्मनिर्भर हुन अपिल गरिन ।
दार्मा गाउँपालिका उपाध्यक्ष टीका शर्माले महिलाहरु कुनै पनि पार्टीको भोट बैंकमा मात्र सिमित नहुने बताउदै पितृसत्तात्मक सोच भएको यो भुमिमा महिलाहरुले जिम्मेवारी पाए कुसलता पुर्वक समाल्ने बताइन । दस बर्षे जनयुद्ध मा महिलाले बन्दुक बोकेको स्मरण गराउदै समानुपातिक समावेशी धर्म निरपक्षता,संघिय गनतन्त्र लगायतका उपलब्धीहरु माओवादी आन्दोलनबाट प्राप्त भएको दावी गरिन ।





.jpg)