होमपेज / राजनीति
इन्द्र बुढाथोकी भदौ २६ सल्यान । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बनगाड कुपिण्डे नगर कमिटी बैठक सम्पन्न भएको छ । बैठकले वडा स्तरीय सम्मेलन आयोजना समिति समेत गठन गरेको छ । वडामा सम्मेलन गराउनको लागि वडामा इन्चार्ज, सयोजक र सचीव समेत नगर कमिटी बैठकले जिम्मेवारी दिएर पठाएको छ । उक्त समिती सेल, टोल सहित वडा सम्मेलन गर्ने अध्यक्ष किर्ती बहादुर रानाले जानकारी दिनु भएको छ । पार्टी अधिबेशनलाई मध्यनजर गर्दै पार्टी सदस्य नवीकरण, वितरण लगाएका काम भदौ मसान्तसम्म गरिसक्ने समेत निर्णय गरेको छ । असोज १० गते सम्म सेल टोल सम्मेलन र असोज २० गते सम्म वडा सम्मेलन गरि सक्नु पर्ने माओवादी केन्द्र केन्द्रिय समितिले निर्णय समेत गरेको छ । बैठक जिल्ला इन्चार्ज कर्ण बहादुर बुढाथोकी छहारीले अब नेकपा माओवादी केन्द्रलाइ पुरानै संघसंगठनमा फर्काउनु पर्ने र त्यसको लागि सबै पार्टी सदस्य लाग्नु पर्ने बताउनु भएको छ । पार्टी सदस्य तथा नवीकरणलाई तत्काल गरेर आफ्नो क्षेत्रमा टोलटोलमा आफ्नो पार्टीका बहुमत सदस्य बनाउन समेत अनुरोध गर्नु भएको छ । बनगाड कुपिण्डे नगरपालिका १२ वटामा जिम्मेवारी दिएको छ । जस अनुसार
१ न वडामा इन्चार्ज भूगोल, सयोजक अमृत पुन र सचीव
२ न वडामा इन्चार्जमा प्रतिमल बुढा, सयोजक मान बहादुर खत्री र सचीवमा मोतीराम बुढा
३ न वडामा इन्चार्ज टेकबहादुर पुन, सयोजक नन्दलाल पुन र सचीव इन्द्र पुन
४ न वडामा इन्चार्ज मोमत रोका, सयोजक हिरालाल राना र सचीव खर्क बहादुर बिष्ट
५ न वडामा इन्चार्ज कमल बिक, सयोजक पिउपर खत्री र सचीव हर्कसिह राना
६ न वडामा इन्चार्ज मित्र, सयोजक पुर्ण बहादुर बुढा र सचीव डिल्ली प्रसाद बुढाथोकी
७ न वडामा इन्चार्ज रिम बहादुर बस्नेत, सयोजक डिल्ली वर किसान र सचीव लोकबहादुर विक
८ न वडामा इन्चार्ज कुलबहादुर पुरि, सयोजक शेरजङ्ग कवर र सचीव टेकेन्द्र पुन
९ न वडामा इन्चार्ज दिपक यरि, सयोजक चावल सिह बिक र सचीव रुद्र परियार
१० न वडामा इन्चार्ज कैलाश, सयोजक बिरबहादुर पुन र सचीव शुकलाल थापा
११ न वडामा इन्चार्ज कैलाश, सयोजक गणेश परियार र सचीव हर्कबहादुर पुन
१२ न वडामा इन्चार्ज दुर्गा बहादुर बुढाथोकी , सयोजकमा निराजन डाङ्गी र सचीव टेकबहादुर आले रहनु भएको छ ।





.jpg)