ट्रेण्डिङ

होमपेज / राजनीति

दार्मामा एमाले पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ता भेला

  प्रकाश शर्मा २०७८ भाद्र २६ गते शनिबार १८:२५:२६ मा प्रकाशित

प्रकाश शर्मा भदौ २६,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दार्मा गाउँपालिमाका पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बिच एमालेले पार्टी कार्यालय खोलेको हो । 

कार्यक्रममा बोल्दै एमालेका नेता लोक बहादुर डाँगीले नेकपा एकीकृत समाजवादीमा गएका नेता कार्यकर्ता एमालेमै फर्किने बताए । विभिन्न लोभ र प्रलोभनमा पारेर केही कार्यकर्ता लगे पनि धेरै दिन समाजवादी टिक्न नसक्ने दावी गरे ।  

 राष्ट्रिय  शिक्षक संगठन  जिल्ला कार्यसमितिका  चन्द्र बहादुर रोकायले कम्युनिस्टहरु एक ठाउँमा हुँदा सबैमा खुशी छाएको भए पनि फुटले कोही कसैलाई हित नगर्ने बताए । अझैँ पनि आफ्नो पार्टी एकताकै पक्षमा रहेको उनको भनाई छ । नेपालमा पार्टीबाट चोइटिएर गएकाहरुको हित नभएको बताँदै केही व्यक्ति जाँदैमा एमाले कमजोर नहुने बताए । 

एमाले जिल्ला सदस्य पुतला खड्काले एमाले फुटेको र नफुटको अवस्थामा पुराना साथीहरु एमालेमै रहेकाले दावी गरिन । केही गएका साथीहरु पनि बढीमा ३ ४ महिना भन्दा बढी टिक्न नसक्ने ठोकुवा गरिन । 

दार्मा इन्चार्ज गनेशमान सिङले २०७५ यता नेकपा माओवाद ले दार्माको एमालेको  संगठन ध्वस्त बनाएको बताए । उनीहरुले ध्वस्त बनाए पनि आफँुहरु कम नभएको उनको भनाई छ ।   माओवादीले सहिदलाई भोट बैक गराएको बताउँदै उनले सहिदको फोटो टाँसेर डोजरमा चर्तिकला   देखाइ रहेको उनको आरोप रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top