होमपेज / राजनीति
इन्द्र बुढाथोकी भदौ २५,सल्यान
सल्यानका ८३ वटै वडामा काँग्रेसको वडा अधिवेशन सकिएको छ । ८२ वडामा निर्विरोध र निर्वाचनको माध्यमबाट २१ गते नै सम्पन्न भएको भएता पनि बनगाड कुपिण्डे नगरपालिकाका ११ मा भने विवाद हुँदा निर्वाचन हुन सकी रहेको थिएन । निर्वाचनबाट दल बहादुर वि.क. निर्वाचित भएको नेपाली काँग्रेस सल्यानले जनाएको छ ।
शुक्रवार उक्त वडाको पनि निर्वाचन सकिएसँगै जिल्लाका वडाका सम्पूर्ण अधिवेशन सफलतापूर्वक सम्पन्न भएको काँग्रेस सल्यान सचिव प्रकाश भण्डारीले बताए । काँग्रेस सल्यानले २१ गते ८३ वटै वडामा एकै दिन अधिवेशन गरेको थियो । अधिकांश वडामा निर्विरोध भएको र केही वडामा मात्र चुनाव भएको उनको भनाई छ ।
परिस्थिति फेरबदल नभए अन्य निर्वाचन पनि समयमै सम्पन्न हुने उनको भनाई छ । काँग्रेसको ३० साउनको केन्द्रीय समिति बैठकले २७ भदौमा पालिका अधिवेशन, १ असोजमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, ५ असोजमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन र १० असोजमा जिल्ला अधिवेशन हुने गरी कार्यपालिका सार्वजनिक गरिएको थियो ।





.jpg)