ट्रेण्डिङ

होमपेज / राजनीति

अखिल (क्रान्तिकारी) सल्यानले नेतृत्व चयन गर्न सकेन

  इन्द्र बुढाथोकी २०७८ भाद्र २० गते आइतबार ०७:०२:५८ मा प्रकाशित

इन्द्र बुढाथोकी भदौ २० सल्यान । 

सल्यानको प्रमुख पर्यटकीय स्थल  कुपिण्डे तालमा अखिल क्रान्तिकारी सल्यानको १८  औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

अनेरास्ववियू क्रान्तिकारी १८ औँ जिल्ला पर्यटकीय क्षेत्र कुपिण्डे तालमा १० जना पछि थप्ने गरी ५१ जनाको कमिटी घोषणा गर्दै सम्मेलन सम्पन्न भएको छ । जिल्ला कमिटी घोषण गरे पनि नेतृत्व भने टुङ्गोमा पुग्न सकेको छैन । अध्यक्षमा धेरैको दाबी रहेको थियो । तर सहमति जुटाउन नसक्दा नेतृत्व चयन विना कमिटी मात्र चयन गरिएको छ । 

 १८ औँ जिल्ला सम्मेलन उद्घाटनमा बोल्दै  अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय  अध्यक्ष रञ्जित तामाङले  सङ्गठन शैक्षिक माफियाको विरोधमा लाग्नु पर्ने बताए । पार्टी एकता र कोभिडले पारेको असरको क्षतिपूर्ति सहित नयाँ कमिटीलाई  शैक्षिक आन्दोलनमा होमिन आग्रह गरे । 

एमालेका अध्यक्ष केपी ओली मा कम्युनिस्ट आचारको नभएको दाबी गरे ।  पूर्व प्रधानमन्त्री केपी ओली कुरा मात्र गर्ने तर काम नगर्ने उनको भनाई छ  । जनतालाई भ्रम पारेर विकासका ठुला ठुला कुरा गर्ने तर काम भने शून्य गरेको उनको भनाई छ । 

 सहिद बेपत्ता परिवारको सपना पूरा गर्ने र जनयुद्धको आधार इलाका मान्छेका कुरा बुझ्न आफू सल्यान आएको तामाङले बताए  । उनले जनयुद्धको समयमा सहिद , बेपत्ता परिवारलाई कुनै पनि हिसाबले  व्यवस्थापन गर्नु पर्ने  बताए ।  सङ्गठनको नेतृत्व गरेको आधार इलाका पार्टीलाई पुनः गठन गरेर अब देशमा नै माओवादी मय बनाउने सोचले आधार इलाका आएको बताएका छन् । शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा  माफियाहरूले भ्रष्टाचार गरेको समेत गरेकाले यसलाई अब आउने नयाँ नेतृत्वको टिमले रोक्नु पर्ने उनको भनाई छ  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top