ट्रेण्डिङ

होमपेज / राजनीति

एकीकृत अखिल नेपाल शिक्षक संगठनद्धारा दार्मा गाउँपालिकामा संगठन सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रम

  प्रकाश शर्मा २०७८ भाद्र १९ गते शनिबार १९:२८:४४ मा प्रकाशित

प्रकाश शर्मा भदौ १९,सल्यान 

 सम्पुर्ण मुक्तिकामी शिक्षकहरु एकजुट होऔं  भन्ने मुल नाराका साथ एकीकृत अखिल नेपाल शिक्षक संगठन दार्मा गाउँकमिटिीले संगठन सद्धृढिीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दार्मा गाउँपालिका वडा नं ३ को थुम्केसल्लिकोविट हस्पिटलमा शनिबार प्रशिक्षण  कार्यक्रम सम्पन्न भएको हो । 

प्रशिक्षण  कार्यक्रममा बोल्दै पुर्ब सहअध्यक्ष रत्न बहादुर ओलीले समाजवादी शिक्षाको ब्याबस्थापन गर्र्न शिक्षक,अभिभावक ,विद्यार्थीकोसयुक्त आन्न्दोलनको आवश्यकता रहेको बताए ।  संगठनको पहिचान फरक हुने गरी काम गर्न दार्माका शिक्षकहरुलाएै निर्देशन  गर्दै अहिलेसम्मका शैक्षिक  आन्दोलनहरुमा संगठनले नेतृत्वदायी भुमिका  निर्वाह गरेको बताए । एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय  महासचिब निम बहादुर केसीले फोन मार्फत  संगठनका गतिबिधि निति निर्देशनको बिषयमा प्रस्ट पारेका थिए । 

नेकपा (माओवादी केन्द्र ) कर्णाली प्रदेश सदस्य  कृति बहादुर पुन शिक्षकहरुको संगठन  पार्टीको मेरुदन्ड भएको र समाजवादी अअन्दोलनको हतियार भएको बताए ।  देशमा अग्रगमणको चाहना हुने पार्टीबचि एकता हुने र समाजवादको आधार तयार गरिने उनको भनाई छ ।  दार्मामा सबै तहमा माओवादी आन्दोलन, माओवादी बिचार,  मनमुटुमा पसेको बताए । 

कार्यक्रममा  नेकपा (माओवादी केन्द्र ) कर्णाली प्रदेश सदस्य  कृति बहादुर पुन ,शिक्षक महासं पुर्ब सहअध्यक्ष  रत्न बहादुर ओली,  नेकपा माओवादी केन्द्र कर्णाली प्रदेसशसदस्य तथा  दार्मा गाउँपालिका अध्यक्ष  निम बहादुर केसी अरुण , नेकपा माओवादीका  जिल्ला  कमिटी सदस्य अनन्त प्रसाद शर्मा, चन्द्र बहादुर रावत , शिक्षक महासंघ दार्मा गाउँपालिका अध्यक्ष  हेमन्त प्रकाश ओली  लगायतको उपस्थिति थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top