होमपेज / राजनीति
इन्द्र बुढाथोकी भदौ १३ सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमालेले अगुवा कार्यकर्ता भेला गरेको छ । नेकपा एमाले पार्टी फुटेपछी पहिलो पटक नेकपा एमाले बनगाडले पार्टी एक ढिक्का वनाउन भन्दै भेला आयोजना गरिएको छ ।
भेलालाई नेकपा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज, गुलाव जंग शाह, जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, प्रदेश परिषद सदस्य दिपवहादुर खड्का, नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन, जिल्ला कमिटी सदस्य आषा वलि, सञ्जिता शर्मा, युवा संघ नगर संयोजक विवेक पुन, शिक्षक संगठनका नगर अध्यक्ष नारद घर्ती लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा कार्यकर्तालेले बिकास सम्बन्धि जनप्रतिनिधिसँग केही गुनासा समेत व्यक्त गरेका थिए । विकास सन्तुलनका विषयमा खानेपानी, सडक, शिक्षा, स्वास्थ्य र वडा स्तरमा पार्टीको अवस्था वारे अगुवा कार्यकर्ताले गुनासोसँगै सुझाव राखेका थिए ।
उक्त गुनासा तथा सुझावलाई नगर प्रमुख पुन र प्रदेश संसद तथा नेकपा एमाले कर्णाली प्रदेश सचेतक शाहीले जवाफ दिएका थिए । नेकपा एमालेलाई पार्टी फुट्ने खासै असर नगरेको र यश नगरपालिका खासै कुनै पनि असर नगरेको समेत नेता शाहिले बताएका छन् । केही थोरै संख्यामा केही मान्छे वहिरगमन मात्रै भएको जिल्ला अध्यक्ष पुनको भनाइ छ । पार्टीलाई कमजोर वनाउन मात्रै केही टुक्रा वाहिरिएको पुनलेबताए ।





.jpg)