होमपेज / राजनीति
इन्द्र बुढाथोकी भदौ १३ सल्यान ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग बनगाड कुपिण्डे नगरपालिकाको प्रथम बिस्तारीत बैठक सम्पन्न भएको छ । बिस्तारीत बैठकले शंकर यरीको अध्यक्षतामा ५५ सदस्य नगर सम्मेलन आयोजक समिति गठन गरेको छ ।
दोश्रो नगर सम्मेलन असोज गर्ने समेत निर्णय गरेको छ । बिस्तारीत बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्ण बहादुर बुढाथोकी छहारीले युवा भनेको देशको खम्बा भएको र देशको नेतृत्व युवाहरुले गर्नु पर्ने बताए ।अहिले विभिन्न देशमा युवाले नेतृत्व गरेको समेत बताए । युवाहरूले समयको महत्त्वलाई बुझेर अगाडि बढ्नु पर्ने समेत बताए । युवा भनेको काचो माटो भएको र अहिले जुन बन्ने इच्छा हुन्छ त्यही बन्नु पर्ने उनको भनाई छ ।
विभिन्न कालखण्डमा युवाहरूले परिवर्तनको सम्बाहक भएकोले विभिन्न घटना क्रममाको नेतृत्व गरेको गरेको समेत बताए । युवाहरु भनेको उदाउँदो सुर्य भएको समेत बताए । माओवादी केन्द्रको जनयुद्ध र युवाहरूको जन सहभागिताले स्मावेशी गाउँगाँउ सिहदरबार आएको उनको भनाई छ ।
कार्यक्रम नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य नगर अध्यक्ष किर्ती बहादुर राना, जिल्ला सदस्य धन बहादुर पुन लगाएतले मन्तव्य राखेका थिए ।





.jpg)