ट्रेण्डिङ

होमपेज / राजनीति

अखिल (क्रान्तिकारी) को नगर अध्यक्षमा बिष्ट

  इन्द्र बुढाथोकी २०७८ भाद्र ५ गते शनिबार १९:३२:१५ मा प्रकाशित

इन्द्र बुढाथोकी  भदौ ५ सल्यान । 
सल्यान बनगाड कुपिण्डे नगरपालिकामा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) नगर कमिटी अध्यक्षमा अजय बिष्ट निर्विरोध निर्वाचित भएका छन ।

 बनगाड कुपिण्डे नगरको प्रथम नगर सम्मेलनबाट बिष्टको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा जन्मत बस्याल, अनिता बिष्ट र महेश कवर, सचिवमा शितल कवर, सह सचिवमा नमुना बुढा, पुजा पुन, नारायण रावत र कोषाध्यक्षमा मिना पुन रहेका छन । 

शनिबार सल्लीबजारमा भएको सम्मेलन लाई नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष कर्ण बहादुर बुढाथोकीले सम्बोधन गरेका थिए।   सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष  बुढाथोकीले विद्यार्थी भनेको भविस्यका खाम्बा भएकोले त्यसको लागि सबै क्षेत्रमा दखल राख्नु पर्ने बताए । राजनीति नै सबै नभएर राजनीति भनेको एउटा सहि बाटो तिर लिएर आफ्नो भविस्यलाई पहिलो प्राथमिकता राख्नु पर्ने बताए । उनले आफु पनि विद्यार्थी राजनीतिबाट नै आएको र विद्यार्थीले राजनीति वा आफू के बन्ने भने बारे पहिले नै निर्णय लिनु पर्ने बताए । 

 अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्र सदस्य तथा सल्यान जिल्ला इन्चार्ज राजेन्द्र भण्डारी, नेकपा जिल्ला कमिटी सदस्य तथा बनगाड कुपिण्डे नगर अध्यक्ष किर्ती बहादुर राना, जिल्ला कमिटी सदस्य धन बहादुर पुन, दुर्गा बुढाथोकी नगर कमिटी सदस्य गुमान बिष्ट, गणेश चन्द, रिम बहादुर बिष्ट, अनेरास्ववियु क्रान्तिकारी जिल्ला उपाध्यक्ष ठगेन्द्र पुन, कोषाध्यक्ष रमेश बुढाथोकी, लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।  अनेरास्ववियु (क्रान्तिकारी) को १८ औं जिल्ला सम्मेलन यहि भदौ १८ गते कुपिण्डे तालमा गर्ने निर्णय गरे सङ्गै त्यसको तयारीको लागि उक्त संगठनले नगर तथा गाउँ सम्मेलन गर्न सुरु गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top