ट्रेण्डिङ

होमपेज / राजनीति

अनेरास्ववियु ( क्रान्तिकारी ) सल्यानले भदौ १८ गते १८ औं जिल्ला सम्मेलन गर्ने

  इन्द्र बुढाथोकी २०७८ भाद्र ४ गते शुक्रबार ०८:४४:२९ मा प्रकाशित

भदौ ४,सल्यान 
अनेरास्वियु (क्रान्तिकारी) सल्यानको बैठ्क सल्यान श्रीनगरमा सम्पन्न भएको छ । बैठ्कले मूल्य वृद्धि भ्रस्टाचार र प्रतिगमनका विरुद्ध सशक्त सङ्गठन 
सुशासन सहित शैक्षिक रुपान्तरणका पक्षमा १८ औ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ यहि भदौ १८ गते जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । साथै बैठ्कले भदौ १५ गते भित्र पालिका सम्मेलन गर्न  तपशिलका कमरेडहरुलाई जिम्मेवारी दिने निर्णय गरेका् छ । 

 जस अनुसार . बनगाड कुपिण्डे नगरपालिका इन्चार्ज  इन्द्रबहादुर बुढाथोकी सम्मेलन भदौ ५ गते ,शारदा नगरपालिका इन्चार्ज गणेशमान बिक सम्मेलन भदौ १५ गते ,त्रिबेणी गाउँपालिका इन्चार्ज मोहन खड्का सम्मेलन भदौ १४, छत्रेस्वरी गाउँपालिका इन्चार्ज रामप्रसाद शर्मा सम्मेलन १३ गते ,कपुरकोट गाउँपालिका इन्चार्ज ठगेन्द्र पुन सम्मेलन ८ गते  सम्मेलन गर्ने निर्णय गरेको छ । 

यस्तै कालिमाटी गाउपालिका इन्चार्ज निराजन डि सी सम्मेलन ९ गते, दार्मा गाउपालिका इन्चार्ज हेमन्त ओलि सम्मेलन ११ गते, शिद्द्कुमाख गाउपालिका इन्चार्ज रमेश बुढाथोकी सम्मेलन ७ गते, कुमाख गाउपालिका इन्चार्ज बिनोद डि सी सम्मेलन १२, बागचौर नगरपालिका खड्क प्रसाद खड्का सम्मेलन १० गते सम्मेलन गर्ने निर्णय गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top