ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै सल्यानमा पनि सरगर्मी सुरु

विभिन्न पार्टी परित्याग गरी  तीन जना कांग्रेसमा प्रवेश

  प्रकाश शर्मा २०७८ श्रावण ८ गते शुक्रबार १८:५४:३१ मा प्रकाशित

प्रकाश शर्मा साउन ८,सल्यान 
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै सल्यान पनि यसको सरगर्मी सुरु भएको छ । जिल्ला, क्षेत्र र नगर सभापतिमा आकांक्षीहरुले टोल टोल र वडा वडामा क्रियाशिल सदस्यहरुसँग भेटघाट, भेलाm बैठ्कलाई तीव्रता दिएका छन । स्थानीय चोकचोक र चिया गफमा समेत कांग्रेस अधिवेशनको चर्चा परिचर्चा हुने थालेको छ । 

१४ महाधिवेशन नजिकिएसँगै शुक्रबार दार्मामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सचिव प्रकाश भण्डारीले देश र जनतालाई समृद्धिको बाटोमा लैजाने एकमात्र पाटी नेपाली कांग्रेस भएको दावी गरे । कम्युनिस्टलाई पाँच वर्ष सरकार चलाउन जनताले कार्यभार सुम्मिएको भएपनि नेपाली जनताको आशा र भरोसालाई कम्युनिस्ट सरकारले पुरा गर्न नसकेको आरोप लगाए । 
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी  तीन जना कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा दार्मा गाउँपालिका वडा न ४ का पूर्ण बहादुर मल्ल, कृष्ण बहादुर बुढा र रुपकलि वि.क रहेका छन् । 

कांग्रेसमा वडा तहका अधिवेशनहरू नजिक आइसकेको छ। १२ साउनदेखि वडा तहको अधिवेशन शुरू हुनेछ। त्यसपछि १६ साउनमा पालिका, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ।

त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ। त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन हुने कांग्रेसको कार्यतालिका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top