ट्रेण्डिङ

होमपेज / राजनीति

सांसद बिष्टद्धारा सिम्ता क्याम्पसको २ कोठे भवन उद्घाटन

  इन्द्र बुढाथोकी २०७८ श्रावण ८ गते शुक्रबार १७:३०:५२ मा प्रकाशित

इन्द्र बुढाथोकी साउन ८ सुर्खेत । सुर्खेत सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसको २ कोठे भवन तथा सिसि क्यामरा समेत उद्घाटन गरिएको छ । कर्णाली प्रदेश नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा साँसद ठम्मर बिष्टले शुक्रबार एक कार्यक्रमका बिचउद्घाटन गरेका हुन । 

 भवन उद्घाटनमा बोल्दै सासद बिष्टले क्याम्पस विकासका लागि आफू कटिबद्ध भएर लागेको र यसको समग्र विकासको लागि गुरु योजना बनाएर लाग्ने बताए । उनले भने सिम्ता क्षेत्रको हरेक विकास निर्माणका लागि आँफू लागि परेको छु  जनताका बिचमा गरेका विकासका बाचाहरु क्रमिक रुपमा पूरा हुदै गएको समेत बताए । सबै ठाउँमा सन्तुलित तरिकाले विकास गर्नु पर्ने  र अँझै थुप्रै ठाउँमा विकासका योजना पुग्न नसकेकाले क्रमिक रुपमा विकास गर्दै जाने दावी गरे । आफुले नेकपा गठबन्धन जितेकोले सधै कुनै पार्टी भन्दा जनताको लागि काम गर्ने बताए। 

 सिम्ता गाउपालिका अध्यक्ष कबिन्द्र कुमार केसीले क्याम्पसले अब शिक्षा संकायमा मात्र नभएर प्राबिधिक शिक्षातिर पनि जोड दिनु पर्ने बताए । उनले भने सिम्ता एउटा विकट क्षेत्र भए पनि अगाडि बढी रहेको र त्यसको लागि सबै जुट्नु पर्छ  । १५ वर्ष भन्दा ३, ४ वर्षको तुलनात्मक रुपमा विकास भएको समेत उनको दावी रहेको छ ।  क्याम्पसमा यो वर्ष देखि सिम्ता क्याम्पस र बनगाड क्याम्पसको समेत परिक्षा केन्द्र कायम भएको छ ।

भवन उद्घाटन कार्यक्रम नेकपा जिल्ला कमिटी सदस्य टेकेन्द्र कुमार वस्नेत,ऎनवहादुर चन्द,बनगाड क्याम्पस बनगाड सल्यानका सञ्चालन समितिका उपाध्यक्ष गणेश विसि,वडा अध्यक्ष राजेन्द्र सिं ठकुरि,मोहन विसि,नहकुल वुढा,युद्धजंग मल्ल,नेकपा माओवादि केन्द्रका गणेश विक,झुपवहादुर वुढा लगाएतको उपस्थिति रहेको थियो ।

शिक्षा विकास तथा निर्देशनालय सुर्खेतको २० लाख बजेट बाट उक्त भवन निर्माण भएको थियो । सिम्ता गाउपालिकाको १ लाख ७० हजार लागतमा सिसि क्यामरा जडान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top