ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली काँग्रेस बनगाडमा बुढा, बिष्ट र खड्काको उम्मेदवारी घोषणा

  इन्द्र बुढाथोकी २०७८ असार २९ गते मंगलबार १७:३६:४१ मा प्रकाशित

इन्द्र बुढाथोकी असार २९ सल्यान 
नेपाली काँग्रेसको महाधिवेशनको समय नजिकिदै गर्दा स्थानीय तहसम्म नेता तथा कार्यकर्ता चुनावी माहोलमा उत्रिएका छन् । महाधिवेशन नजिकिदै गर्दा बनगाड कुपिण्डे नगरपालिकामा तीन जनाले नगरसभापतिमा उम्मेदवारीको घोषणा गरेका छन् । नगर सभापतिमा खिमलाल बुढा, दीपेन्द्र विष्ट र दुर्गा खड्काले घोषणा गरेका छन् । 

खिमलाल बुढा २०४६ सालको बहुदलीय व्यवस्था देखि नेपाली काङ्ग्रेसमा राजनीतिमा सुरु गरेको खिमलाल बुढा लामो समय सम्म शिक्षक पेशामा गरेका उनले शिक्षक पेशा सङ्गै नेपाली काङ्ग्रेस राजनीति गर्दै आइरहेका छन् ।   बुढा २०४८ सालमा नेपाल शिक्षक संघको जिल्ला उपाध्यक्ष समेत रहेका थिए ।  ६० वर्ष उमेर पुगेका बुढाले गत २०७४ सालको स्थानीय चुनाव २५ वर्षे स्थायी शिक्षकबाट राजिनामा दिएर बनगाड कुपिण्डे नगरपालिका वडा न ४ को नेपाली काङ्ग्रेस वडा अध्यक्षको उम्मेदवार  बनेका थिए । जहाँ उनी पराजित भएका थिए  । उनी अहिले केश बहादुर बिष्ट नजिकका पात्र मानिन्छन् भने केश बहादुरको टिमबाट नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन ।  

बनगाड कुपिण्डे नगरपालिका वडा न ४ निवासी युवा नेता दिपेन्द्र बिष्टले १४ औं अधिबेशनमा नगर सभापतिको उम्मेदवारी घोषण गरेका छ्न । ३४ वर्षका बिष्टले शान्ति प्रक्रिया सङ्ग संगै राजनीति सुरु गरेका  उनले २०६३ सालमा नेपाल विद्यार्थी संघ   जिल्ला सदस्य तथा मुलखोला गाउँ कमिटी सचीव हुँदै २०६४ सालमा कृयाशिल सदस्यता पाएका बिष्टलाई २०६५ साल असारमा नै जिल्ला सदस्य तथा ८ न इलाका सयोजकको जिम्मेवारी समेत दिएको थियो ।  बाहौ महाधिवेशन प्रतिनिधि तथा जिल्ला सदस्य, तेहौ महाधिवेशन जिल्ला सदस्य तथा जिल्ला सचीवमा झिनो एक मतले पराजित भएको र २०७४ बैशाखमा भएको स्थानीय चुनावमा नेपाली काङ्ग्रेस  र एमालेको गठबन्धनको तर्फबाट बनगाड कुपिण्डे नगरपालिका उप प्रमुखमा उम्मेदवारी दिएका बिष्टले  पराजित भएका थिए  । अहिले उनी पार्टी जिल्ला सदस्य तथा  प्रजातान्त्रिक अध्ययन केन्द्रको बनगाड कुपिण्डे नगरपालिकाको सयोजक समेत रहेका छन ।  उनी जिल्लामा गणेश चन्द तथा धुर्ब्रराज पुरी नजिकका पात्र मानिन्छन् । उनको टिम बाट नगर सभापतिको उम्मेदवारी दिने घोषण गरेका छन ।

बनगाड कुपिण्डे नगरपालिका वडा न ११ निवासी युवा नेता दुर्गा खड्का अहिले १४ औं महाधिवेशनमा नेपाली काङ्ग्रेस बनगाड कुपिण्डे नगर सभापति उम्मेदवारी घोषण गरेका छन । ३८ वर्ष भएका खड्का २०५५ साल देखि विद्यार्थी जिवनको राजनीति सुरु गरेका खड्काले २०५५ सालमा नेपाल विद्यार्थी संघ जन सेवा माबी साहारे सुर्खेतको सदस्य २०५६ सालमा पार्टीको साधारण सदस्य, २०६३ मा माझकाडा गाविस को गाउ कार्यसमिति को सदस्य सङ्गै पार्टीको कृयाशिल सदस्य प्राप्त हुँदै बाह्रौं जिल्ला महाधिवेशन प्रतिनिधि, २०६७ मा नेपाली काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधि र जिल्ला अधिबेशन प्रतिनिधि हुँदै जिल्ला सदस्यको पराजित ,२०७३ मा किसान महासंघ  जिल्ला सदस्य , २०७४ तेह्रौं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि हुँदै  स्थानीय निर्वाचनको समयमा बनगाड कुपिण्डे नगरपालिकामा नेपाली काङ्ग्रेस नगर संयोजक हुँदै अहिले मनोनीत जिल्ला सदस्य समेत भएका खड्का नेपाली काङ्ग्रेस पुर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मी नजिकका मानिन्छन् । 

तीन जना नगर सभापति उम्मेदवारी घोषण सङ्गै बनगाडमा नेपाली काङ्ग्रेसको चुनावी माहोल तातिएको छ । भने सहमतिको लागि पनि  नेता कार्यकर्ताहरुले आग्रह गरिरहेका छन । पार्टी भित्र चुनाव भएमा पछि सम्म त्यसको असर पर्ने भएकोले सके सम्म सहमतिमा नेतृत्व छनोट गर्नु पर्नेमा जोड दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top