होमपेज / राजनीति
इन्द्र बुढाथोकी असार २१,सल्यान
बनगाड कुपिण्डे नगरपालिकाको कार्यपालिका सदस्य बिन्दु सुनारले आफूँ नेकपा (माओवादी केन्द्र) मै रहेको बताएकी छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै सुनारले एमालेको केपि वली समूहमा नभई आफ्नै पार्टी माओवादी केन्द्रमा नै रहेको जनाइएकी हुन ।
माओवादी र एमाले बिच एकता भएको छोटो समयमै विभाजित हुन पुगेको र सर्वोच्च अदालतद्धारा पुर्ववत नेकपा माओवादी र एमाले पुनस्थापित गर्दा मलाई वली समूहमा रहेको भ्रम जनमानसमा रहेको हुँदा म केपि वली समूहमा नरहेको र आफ्नै पार्टी नेकपा माओवादी केन्द्रमा नै रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । केपि वली समूहमा रहेको भन्ने भ्रममा नपर्न समेत सबैलाई आग्रह गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सोमबार नै नेकपा माओवादी केन्द्र बनगाड कुपिण्डे नगरपालिकाको बिस्तारित वैठ्कले कार्यपालिका सदस्य विन्दू सुनार र जय प्रकाश वि.क.लाई पार्टीको जिम्मेवारी र सत्ताको जिम्मेवारी दुबैबाट कारवाही गर्न सम्बन्धित निकाएमा सिफारिस गर्ने निर्णय गरेको थियो ।






.jpg)