ट्रेण्डिङ

होमपेज / राजनीति

कित्ता परिवर्तन गरेका बुढा पुनः फर्किए पुरानै कित्तामा

  इन्द्र बुढाथोकी २०७८ असार २१ गते सोमबार १३:५०:५७ मा प्रकाशित

इन्द्र बुढाथोकी असार २१,सल्यान 
 सर्वोच्च अदालतले गत फागनु २३ गतेको फैसला पछि  नेपाल कम्युनिस्ट पार्टीको एकता नै  ढंग भयो । तीन वर्षदेखि रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी र नेकपा एमाले अर्थात पुरानै अवस्था फर्किए । पार्टी पुरानै अवस्थामा फर्किए पनि कतिपय नेता तथा कार्यकर्ताले भने कित्ता परिवर्तन गरेका छन् । 

माओवादी केन्द्रबाट बनगाड कुपिण्डे नगरपालिका वडा न २ को वडाध्यक्षमा निर्वाचित वडाध्यष प्रतिमल बुढाले पनि कित्ता परिवर्तन गरी एमालेमा गए । तर कित्ता परिवर्तन गरेको केही समयमै पुरानै कित्तामा फर्किएको जनाएका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष बुढाले पुर्ववत आफ्नै पार्टीमै फर्किएको घोषणा गरेका छन् । पार्टी दुई समूहमा विभाजन भएपनि केपि ओलीको समूहको कित्तामा पुगेका बुढा पुरानै पार्टीमा फर्किएको जनाएका हुन । उनले आफूँ पुरानै पार्टीमा फर्किएको र सम्पूर्ण पार्टी सदस्या तथा समर्थक शुभ चिन्तकहरु पनि माओवादी केन्द्रमै फर्किन आग्रह गरेका छन् । 

यस्तै नेकपा (माओवादी केन्द्र) बनगाड कुपिण्डे नगर कमिटिले एक विज्ञप्ती जारी गर्दै केपि ओली समुह परित्याग गरी पुरानै पार्टीमा फर्किएकोमा स्वागत गरेको छ । नगर अध्यक्ष कृति बहादुर रानाद्धारा हस्ताक्षरित विज्ञप्तीमा माओवादी केन्द्रबाट कार्यपालिका सदस्यामा मनोनित जय प्रकाश विक र विन्दु सुनारलाई पार्टीको जिम्मेवारी र सत्ताको जिम्मेवारी दुवैबाट कारवाहीका लागि सम्बन्धित निकाएमा सिफारिस गर्ने उल्लेख गरिएको छ । 

गत असार ११ गते माओवादी केन्द्रबाट निर्वाचित तर अर्को पार्टीमा गएका १४ जनप्रतिनिधिलाई पदमुक्त गरेको थियो । पदमुक्त हुनेमा वडा अध्यक्षदेखि सदस्य समेत रहेका थिए । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top