होमपेज / राजनीति
इन्द्र बुढाथोकी वैशाख ४,सल्यान
एकीकृत अखिल नेपाल शिक्षक संगठन बनगाड कुपिण्डे नगरको अध्यक्षमा गणेश बहादुर चन्द निर्वाचित भएका छन् ।
शनिबार सल्लीबजारमा भएको दोस्रो नगर परिषदबाट अध्यक्षमा गणेश बहादुर चन्द निर्वाचित भएका हुन । जसको वरिष्ठ उपाध्यक्षमा कुल बहादुर खड्का, उपाध्यक्षमा मान कुमारी विक, महिला उपाध्यक्ष चन्द्राकुमारी घर्ती रहेका छन् । यस्तै सचिवमा नन्दलाल बुढा, अर्थ सचिव चन्द्रबहादुर महतरा र सह सचिववमा शेखर प्रसाद शर्मा सहित २१ जनाको शिक्षक संगठन नगर कमिटी गठन गरिएको छ ।
कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले शिक्षकहरु आफ्नो हकहित संरक्षणका लागि पेशामा कतिवद्ध भएर लाग्नु पर्ने बताएका छन् । बनगाड कुपिण्डे नगरपालिका शिक्षा क्षेत्र तहसनहस भईरहेको बेला अखिलका शिक्षकहरु आवद्ध भएको शिक्षण सस्थामा राम्रो गुणस्तरिय शिक्षा दिन आग्रह समेत गरेका छन् । शिक्षक भर्नामा आफ्नो पार्टी र आफ्नो मान्छेलाई नियुक्त गर्ने र चरम आर्थिक प्रलोभन पारेर शिक्षक नियुक्ति गर्ने गरेको बताउदै शिक्षाको पेशागतको नाम केही व्यक्तिहरूले शिक्षा क्षेत्रमा भ्रष्टाचार गरेको समेत बताएका छन ।
बनगाड कुपिण्डे नगरपालिका नीति विधि भन्दा आफ्ना आसेपासेलाइ जागिर खुवान तिर केन्द्रियत भएको र ४ वर्ष सम्म शिक्षा समिति नबनेको तर अहिले शिक्षा क्षेत्रमा भएको विकृतिलाइ लालमोहर लगाउन शिक्षा समिति बनेको तर आफ्ना नजिकका मान्छे विधि भन्दा बाहिरका मान्छे राखेको समेत आरोप लगाएका छन । शिक्षक भनेको मैनवत्ती जस्तै भएको समेत बताएका छन् । अहिलेको स्थानीय जनप्रतिनिधि शिक्षा क्षेत्रमा कुनै पनि काम गर्न नसकेको समेत बताएका छन ।





.jpg)