ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाडमा माओवादीको जनसम्बन्ध बिस्तार अभियान तिब्र

  इन्द्र बुढाथोकी २०७७ चैत्र २७ गते शुक्रबार १८:४०:५१ मा प्रकाशित

इन्द्र बुढाथोकी चैत २७,सल्यान 
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले बनगाड कुपिण्डे नगरपालिका पार्टी सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सञ्चाल गरेको छ ।

नगरपालिकाका १२ वटै वडामा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेको हो । अभियानमा पार्टीका तल्लो कमिटिसम्म पार्टी विभाजन, पार्टी विभाजनका कारण, पार्टीका सैदान्तिक, राजनीतिक र नीतिगत बिषयमा प्रशिक्षण प्रदान गरिने अध्यक्ष कृति बहादुर रानाले जानकारी दिए । अभियान क्रममा पार्टी सदस्यहरुमा बैचारिक, संगठनात्मक एव भावनात्मक बिकास सुदृढ गर्ने,  जनबर्गिय संगठन, मोर्चा निर्माण, पार्टीका बिभिन्न बिभागलाई पूर्णता दिइने उनको भनाई छ ।

 कार्यक्रममा जनताका गुनासाहरु संकलन, बिकास र निर्माणका सम्भावना बारे छलफलका साथै पार्टी सदस्यता बितरण र जनवर्णिय संगठनहरु गठन सम्बन्धि छलफल भएको छ । नगर कमिटिले  अहिले प्रत्येक वडा तथा टोलहरुमा जनता सङ्ग भेटघाट तथा गुनासा संकलन गर्ने काम गरिरहेको रानाको भनाई छ  ।

कार्यक्रममा जिल्ला सदस्य तथा नगर अध्यक्ष किर्ती बहादुर राना, जिल्ला सदस्यहरु धन बहादुर पुन, दिपक यरि, दुर्गा बुढाथोकी लगाएतले आफ्ना धारण राखेका थिए । अदालतले नेकपा छुट्याए पछि वडा तथा टोलमा जनता सङ्ग भेटघाट गर्न नेकपा माओवादी केन्द्रका नेताहरु गाउगाउँमा गएका छन । हालसम्म नगरपालिकाको वडा न १,२,३,४,६,८,९,११ अभियान सञ्चालन भइसकेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top