ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाडमा माओवादी केन्द्रले पार्टी सुदृढीकरण अभियान सन्चालन गर्ने

  इन्द्र बुढाथोकी २०७७ चैत्र १४ गते शनिबार १८:३२:५१ मा प्रकाशित

इन्द्र बुढाथोकी, सल्यान १४ चैत्र । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बनगाड कुपिण्डे नगरपालिका नगर कमिटी बैठक सम्पन्न भएको छ । 

कम्युनिस्ट पार्टीलाई  सर्वोच्च अदालतले फरक फरक पार्टी बनाए पछिको पहिलो बैठक बसेको छ । बैठकमा नेताहरुले  माओवादी आन्दोलनको पुनर्गठन गर्नु पर्ने बताएका छन । विभिन्न संघ संगठन बनाएर जनताको समस्या पहिचान गरि एकीकृत ढंगले अगाडि बढ्नु पर्ने बताएका छन ।  नेताहरू मनोगत हुँदा दलाल तस्करहरुको कानुन बनाएका कारण समस्या भएको र कम्युनिस्ट आन्दोलन बिसर्जन तिर जाने बताएका छन । माओवादी आन्दोलन पुनर्गठन भनेको पुन जनयुद्धमा जाने होइन कि जनताको समस्याको समाधान गर्न तिर संघ संगठन बनाएर लाग्नु पर्ने बताएका छन । व्यक्तिगत समस्या तत्काल थाती राखी जनताको समस्या समाधान गर्नु पर्ने बताएका छन्  । 

प्रधानमन्त्री कपि ओलि भारतीय दलाली भएको र भारतले केपिलाई प्रधानमन्त्री बचाइ राख्न राजपालाई समेत फुटाउन लागेको समेत बताएका छन । नेपाल कम्युनिस्ट पार्टी सुदृढीकरण गर्नु पर्ने बताएका छ्न ।

पुर्व माओवादी नेताहरू लगाएत सबैलाई एक ठाउमा ल्याएर थप अन्य कम्युनिस्ट पार्टीलाई एकता गर्नु पर्ने र नेपालमा कम्युनिस्ट वृहत् एकता गर्ने पर्नेमा प्रमुख अतिथि जिल्ला अध्यक्ष कर्ण बहादुर बुढाथोकी छहारीले बताए ।  बिचार धारा, कार्यदिशा, नेतृत्व निर्माण लगाएत तीन वटा चिजको एकता मिल्नु पर्नेमा जोड दिए । नेपालमा नेता तथा जनप्रतिनिधि कार्यकाल अवधी नतोकिए सम्म नेपालमा सधै द्धन्द भई राख्ने उनको भनाई छ ।  पार्टी भित्र बाटै नै नेतृत्वलाई सहयोग नहुने त्यसैको फल स्वरुप अहिले केपि प्रवृति आएको छहारीको भनाई छ  । त्यस्तै वडा तथा टोलटोलमा पार्टी भेटघाट तथा पार्टीसंगठन  सुदृढीकरण अभियान समेत सन्चालन गर्ने निर्णय गरिएको सचीव मोमत रोकाले जानकारी दिए । 

नेकपा माओवादी केन्द्र बाट स्थानीय निर्वाचन जितेका बनगाड कुपिण्डे नगरपालिका २ न वडा अध्यक्ष प्रतिमल बुढालाई र ५ न दलित महिला सदस्य तथा कार्यपालिका सदस्य विन्दु सुनारलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । एक हप्ता भित्र स्पष्टीकरण दिन समेत आग्रह गरिएको छ भने उनिहरु नेकपा एमाले पार्टीको केपि समुहमा गएका छन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top