ट्रेण्डिङ

होमपेज / राजनीति

दार्मा गाउँपालिकामा सांस्कृतिक प्रतिरोध दिवस तथा श्रष्टा सम्मान

  प्रकाश शर्मा २०७७ चैत्र ३ गते मंगलबार १८:२७:१० मा प्रकाशित

प्रकाश शर्मा चैत ३,सल्यान 
दार्मा गाउँपालिका सांस्कृतिक प्रतिरोध दिवस तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । 

जनयुद्धको समयमा २०५५ साल चैत ५ गते तत्कालिन सत्ताले काभ्रेको अनेकोटमा निहत्या अवस्थामा रहेका जनसंस्कृतिकर्मी, जनकलाकार च्याङ्बा लामा, गुम्बसिंह तामाङ, मञ्जु कुवर, निर्मला देवकोटा, चिनीमाया तामाङ, सुभ्रदा सापकोटा र डम्बर श्रेष्ठको अमानविय, क्रुर र विभत्स तरिकाले हत्या गरेको दिनलाई सांस्कृतिक प्रतिरोध दिवस घोषणा गरी मनाउँन थालिएको छ । 

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले सांस्कृतिक प्रतिरोध दिवस महान जनयुद्धले जन्माएको नयाँ जनपर्व वा जनदिवस भएको बताए । सर्वहारा, श्रमिक उत्पिडित वर्ग र देशको मुक्तिका लागि सचेत तप्काले फाँसिवादी सत्तासँग निर्भयपुर्वक लडेर बलिदान गरेको दिन सांस्कृतिक प्रतिरोध दिवस भएको उनको भनाई छ । लामो जनयुद्ध र जनआन्दोलनको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त बनाउने चलखेल भइरहेकाले यसका विरुद्ध फेरी एक पटक लडाई लडनु पर्ने समय आएको शर्माले बताए । 

श्रष्टालाई सम्मान 

  दार्मा गाँउपालिका भित्र जन्मिएर  लोक संस्कृतिमा जुटेका विभिन्न श्रष्टाहरुलाई गाउँपालिकाले सम्मान गरेको छ । नेपाल लोकदोहोरी गीत प्रतिस्ठान केन्द्रीय सचिब रामु खड्का, कुल बहादर पान्डे, बिनोद बाबु केसी, हिरालाल केसी  लगायत दई  दर्जन बढि श्रर्जकहरुलाई सम्मान गरिएको छ ।दिबस कै क्रममा  लोपउन्मुख मयुर नाँच झकि लगायत बिभिन्न समुह समितिका नाँचहरु प्रदर्शन  गरिएको थियो  

प्रतिक्रिया

सम्बन्धित खवर

Top