ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानको बनगाडमा राप्रपाको २९ सदस्सीय नगर स्तरीय कार्य समिति चयन

  इन्द्र बुढाथोकी २०७७ फाल्गुण १५ गते शनिबार ०८:५७:३७ मा प्रकाशित

इन्द्र बुढाथोकी ,१५फाल्गुन 
 सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा राप्रपाको नगर कार्य समिति चयन गरेको छ ।

शुक्रबार सल्लिवजारमा भएको कार्यक्रमबाट डिल्ली रानाको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी गठन गरिएको बताइएको छ । जसमा कमिटीको उपाध्यक्षमा चुडामणि कुमाइ, सचिवमा मोहन नेपाली, सह सचिवमा मानवहादुर राना र कोषाध्यक्षमा कृति कुमारी नाथलाई छनौट गरिएको छ ।बैशाखमा हुने केन्द्रिय अधिबेशनको तयारीमा रहेको राप्रपाले सल्यानका स्थानीय तहहरूमा कार्यसमिति चयनमा तिब्रता दिएको छ ।

नगर स्तरीय कार्यसमिति चयनको क्रममा बोल्दै नेत्रलाल श्रेष्ठले देशमा नेकपाले राष्ट्रलाई छियाछिया पारेको बताइन ।
राष्ट्र र राष्ट्रियता वचाउन राजा वाहेक यो देशमा अरुको परिकल्पना गर्न नसकिने बताउदै उनले कम्युनिस्ट र कांग्रेसिहरुको झुटा समेत चिरफार गर्न   कार्यकर्तालाई निर्देशन दिए ।

 नेकपा र नेपाली कांग्रेस पार्टी परित्याग गर्नेहरुलाई समेत सोहि कार्यक्रम बाट नगर कमिटीमा छनौट गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठले नव प्रवेशिकालाई सदस्यता प्रदान गरेका छन् ।

राप्रपा प्रवेश गर्नेमा पुर्व एमालेबाट घाजरीपिपल गाविस वडा अध्यक्ष भएका घन पुन, वडा सदस्य भिम बहादुर वली पुर्व साविक मुलाखोला गाविस नेपाली कांग्रेसका सभापति मानवहादुर राना, कृति कुमारी नाथ, गोपाल खड्का, धनिराम विक, भिमवहादुर वलि, फनेन्द्र साहु, धने पुन, चन्द्रकला कठ्यात, दुर्पती वादि, रेणु चौधरी, जयन्ती कामी, पठवहादुर वस्नेत, जुद्दे घर्ती, प्रकाश श्रेष्ठ, धने दमाई र चन्द्रवहादुर पुन सहित १९ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top