ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली काङ्ग्रेस वडा दरुण दल गठन, नेकपा छाडेर ३ जना नेपाली काङ्ग्रेसमा प्रवेश

  इन्द्र बुढाथोकी २०७७ फाल्गुण ८ गते शनिबार २०:२०:३७ मा प्रकाशित

इन्द्र बुढाथोकी फागुन ८,सल्यान
नेपाली कांग्रेस बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा तरुण दलको अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस ११ नं वडाको अनयोजनामा भएको कार्यक्रम तरुण अधिवेशन गरिएको छ । 

अधिवेशनले दिपेन्द्र शाहीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । समितिको उपाध्यक्षमा तेजबहादुर राना, सचिवमा नेत्रलाल वुढा, स सचिवमा कमला वुढाथोकी रहेका छन ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपि वलीले सबिधानमा कु गरेको र त्यसको विरोध गर्नु पर्ने बताए  । संविधान लुटिएको छ । यसको बिरोधमा अब नेपाली कांग्रेस जाग्नु पर्ने कुरामा जोड दिएको छ ।  सरकारको रवैया प्रती आक्रोश व्यक्त गरेका छन् । उनिहरूले व्यवस्था नै सकाप हुने होकि भन्ने कुरामा नेताहरुले चिन्ता व्यक्त गर्दै देशलाइ कम्युनिस्ट सरकारले वरवादितिर लगेको बताए ।

नेकपा यतिबेला सत्तापक्ष र प्रतिपक्ष भएर अहिले नाटक मञ्चन गरिरहेका छन् ।झन्डै दुईतिहाइ नजिक भएको सरकार पुरै असफल भएको कार्यक्रमका प्रमुख अतिथि नीति अनुसन्धान विभाग केन्द्रीय सदस्य धुर्वराज पुरीको भनाइ रहेको थियोे ।

कार्यक्रम जिल्ला कमिटी सदस्य सुरेश अधिकारी, दिपक शर्मा, जिल्ला कमिटी  सदस्य दिपेन्द्र विष्टले अमफ्नो नगरमा आफ्ना कार्यकर्ता माथि सत्तारूढ पार्टीले  भ्रम सृजना गरि जागिरका नाममा ललिपप दिइरहेको वताएको छन् । जिल्ला सदस्य  पुरुषोतम आचार्य, शिक्षक संघ जिल्ला सचिव युवराज रेग्मी, शिक्षक महासंघ नगर सचिव सुरेश सिं राठौर, शिक्षक संघका नगर संयोजक सुरेन्द्र खड्का, पार्टी नगर सचिव भुपाल साहु, तरुण दल नगर अध्यक्ष शंकर वुढाथोकी र सचिव कमल पुन लगाएतका वक्ताले धारणा राखेका थिए । 

कार्यक्रममा नेकपाबाट अनल  वुढाथोकी, रुपलाल वुढाथोकी र मनकलि वुढाथोकीले नेपाली कांग्रेस प्रवेश गरेका छन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top