होमपेज / राजनीति
इन्द्र बुढाथोकी फागुन ८,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड नेपाल) बनगाड कुपिण्डे नगरपालिका नगर कमिटीको बैठक सम्पन्न भएको छ ।
बैठकले विभिन्न विषयमा छलफल गर्नुको साथै नगरपार्टिको आयोजनामा फाल्गुन २१ गते शहिद सप्ताहको अवसरमा विशाल आमसभा गर्ने निर्णय गरेको नगर अध्यक्ष किर्ती बहादुर रानाले जानकारी दिए । बलिदान दिवसको अवसरमा केन्द्रिय नेताहरूको उपस्थितिमा नगरमा सभा गर्ने निर्णय भएको उनको भनाई छ ।
जिल्ला सचिव कर्ण बहादुर बुढाथोकीले जिल्ला सम्पुर्ण पार्टी एक ठाउँमा भएको र सबैलाई प्रधानमन्त्री केपि वलीका विरोधमा एक भएर लाग्न सबैमा अपिल गरे । अब अदालत र निर्वाचन आयोगले आफूँहरुको पक्षमा निर्णय गर्ने समेत सचिव बुढाथोकीको भनाई छ । अब केपि वलिको सेटिङ्ग धेरै दिन सम्म नटिक्ने समेत उनले बताए । जिल्लामा कार्यदल बनेको र त्यसले छिटै पार्टीले संघ संगठनको टुंगोमा लिने समेत उनले बताए ।
कार्यक्रम कर्णाली प्रदेश सदस्य तथा बनगाड कुपिण्डे नगरपालिका इन्चार्ज ज्ञान बहादुर वली माइकल, कर्णाली प्रदेश सल्लाहकार परिषद सदस्य गणेश विसि ,जिल्ला सदस्य दिपक शर्मा, धन बहादुर पुन, दुर्गा बुढाथोकी र रविराज शर्मा लगायतले मन्तव्य राखेका थिए ।