ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय युवा संघ नेपाल दार्माको प्रथम एकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  प्रकाश शर्मा २०७७ फाल्गुण २ गते आइतबार १९:०१:३४ मा प्रकाशित

प्रकाश शर्मा फागुन २,सल्यान 
दार्मा गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपाल दार्माको प्रथम एकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार सम्पन्न भेलाले पहल बहादुर खत्री संयोजक र केशवराज केसी सहसंयोजक रहेको ४९ सदस्सीय गाउँ कमिटी गठन गरेको छ । भेलाले गाउँपालिकाका ६ वटै वडाका संयोजक र सहसंयोजकहरु समेत तोकेको छ । भेलाले गाउँपालिकाका छ वटै वडामा संयोजक र सहसंयोजक सहित वडा कमिटी गठन गरेको छ ।

जसको वडा न १ मा प्रकाश बुढा संयोजक र लोकेन्द्र महर सहसंयोजक रहेको २७ सदस्सीय, वडा न २ मा तिलक वि.क. संयोजक र दोर्ण केसी सह संयोजक रहेको ४० सदस्सीय, वडा न ३ मा क्षेत्र बहादुर बोहोरा संयोजक र प्रकाश ओली सहसंयोजक रहेको २९ सदस्सीय कमिटी गठन गरेको छ । 

यस्तै वडा न ४ मा देव बहादुर थापा संयोजक र टेक बहादुर थापा सह संयोजक रहेको ३० सदस्सीय, वडा न ६ मा खिम बहादुर वि.क संयोजक र विनोद चन्द सहसंयोजक रहेको२९ सदस्सीय कमिटिी गठन गरिएको पहल बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार वडा न ५ मा कमिटी गठन गर्न बाँकी रहेको र छिट्टै उक्त वडामा पनि कमिटीले पूर्णता पाउने बताए ।  

भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा कर्णाली प्रदेश सदस्य निम बहादुर केसीले ओलीको प्रतिगामी कदमका विरुद्ध सम्पूर्ण युवा शक्ति सडकमा उत्रिएर प्रतिवाद गर्न आवश्यक रहेको बताए । नेपालका तमाम आन्दोलनमा युवाहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै केसीले फेरी एक पटक संविधान, संघीयता, गणतन्त्रको रक्षा लागि आन्दोलनमा जानुको विकल्प नरहेको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top