ट्रेण्डिङ

होमपेज / राजनीति

संसद विघटन संविधान र गणतन्त्रमाथि प्रहार :काँग्रेस नेतृ संग्रौला

  इन्द्र बुढाथोकी २०७७ माघ २६ गते सोमबार १४:४२:५४ मा प्रकाशित

इन्द्र बुढाथोकी माघ २६,सल्यान 
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले प्रधानमन्त्री केपि ओली  प्रतिनिधि सभा विघट्न गरेर अराजकता,  अलोकतान्त्रिक  प्रवृति देखाएको बताएकी छन् ।

ओलीले  कायरता पन देखाउँदै सविधानसभा विघटन गरेको आरोप लगाएकी छन् ।ससदमा आफू माथी लागेको आरोपको फेस प्रतिवाद गर्न नसकेको समेत आरोप लगाएकी छन । कम्युनिस्टका  कारण  सुःखी नेपालीको नारा दुःखी नेपालीमा परिणत भएको बताएकी छन् । सोमबार बिहान सल्लीबजारमा भेटघाट कार्यक्रममा बोल्दै संग्रौलाले यस्तो बताएकी हुन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले असैबैधानीक, अलोकतान्त्रिक तरिकारले संसद बिघटन गरेकाले सिधै संविधान र गणतन्त्र माथी प्रहार गरेको उनको भनाई छ । ओलीको संसद विघटनले देशलाई पूणः द्धन्द्धमा धकलेको उनले जिकिर गरिन । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाइने भएपनि कानुन विपरित, संविधान विपरित कार्य गरेकाले काँग्रेस उक्त कदम सच्चिनु पर्नेमा जोड दिदै आइरहेको बताइन । संसद नहुँदा जनताको आवाजलाई मुखरित गर्ने थलोको रुपमा रहेको सडकमा उत्रिएको उनको भनाई छ ।

पार्टी भित्र एक तिहाई महिलालाई नेतृत्वमा ल्याउनको लागि जागरण अभियान ल्याएको केन्द्रिय सदस्य डिला सग्रौलाले बताइन् । आफुले पार्टी भित्र महिलालाई  क्रियाशिल सदस्य दिन समेत आफुले दवाब दिएको उनको भनाई छ  ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top