ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा ओली समुह बनगाड कुपिण्डे नगरपालिकाको नगर स्तरीय भेला सम्पन्न

  इन्द्र बुढाथोकी २०७७ माघ २४ गते शनिबार १८:१८:१० मा प्रकाशित

इन्द्र बुढाथोकी माघ २४,सल्यान 
 नेकपा ओली समुहको बनगाड कुपिण्डे नगरपालिकाको नगर स्तरीय भेला सम्पन्न गरेको छ ।

 केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य गुलाब जङ्ग शाहले पार्टी भित्र गुटबन्दी मौलाएको र छलफल नगरेरै प्रधानमन्त्री केपि वलीलार्इ संसदमा अविस्वासको प्रस्ताव लिन लागेको पछि देशलाई बजाउनको लागि ससद विघटन  गरेको बताएका छन् । सरकारले चुनाव घोषण गरेकाले कसरी प्रतिगामी कदम हुन्छ चुनाव घोषण गरेका कारणले यो अग्रगामी कदम नै भएको बताएका छन् ।

विकास निर्माणको काम गरिरहेकै बेला त्यो देखन नसकेको प्रचण्ड नेपाल टिमले विरोध गरेको बताएका छन।नेकपा प्रधानमन्त्री केपि वलीको सरकारलेले घरबार नभएकालाइ घरबार दिने, सुकुम्बासी भुमी आयोग गठन गरेर जनताको समस्या समाधान तिर लागेकोले रास्टबादी नेता प्रधानमन्त्री भएको र उाहाको पक्षमा लाग्न सबैमा आग्रह गरेका छन् । बिकास निर्माण भएको हेर्न नचाहेनेले अब बैशाखमा हुने चुनावमा जनताले सधैको लागि बढार्ने बताए हुदा खादाको घर बिगारेर प्रचण्ड नेपाल पक्ष माइतीघर तिर हामी यहाँ छौ भन्न गएको बताएका छन ।

 नेकपा बाहेक यो देशमा अने कुनै दलको काम नभएको र नेपाली काङ्ग्रेसले कहिले पनि बिकास गर्न नचाहेको गर्न पनि नसक्ने केन्द्रिय सदस्य शाहले बताएका छन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top