ट्रेण्डिङ

होमपेज / राजनीति

विद्यालय व्यवस्थापन समितिको चुनावमा प्रचण्ड नेपाल समुहको प्यानल बिजयी

  इन्द्र बुढाथोकी २०७७ माघ २१ गते बुधबार २०:४२:४० मा प्रकाशित

इन्द्र बुढाथोकी माघ २१  सल्यान । 
बनगाड कुपिण्डे नगरपालिका वडा न १२ निगाल्चुलामा रहेको श्री सिद्देश्वरी माबी माझखर्क निगाल्चुलामा विद्यालय व्यवस्थापन समितिको चुनाव सम्पन्न भएको छ । 

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल  र नेपाली काङ्ग्रेस , पार्टीका उम्मेदवार  चुनावी मैदानमा गएका थिए । जसमा जम्मा १९६ मत मध्य १७५ मत खसेको थियो ।  नेकपाको प्रचण्ड नेपाल समुहका सम्पुर्ण प्यानल नै बिजय भएको छ । बिजय हुनेमा नेकपा प्रचण्ड नेपाल यामप्रकाश वली १०३, शुकलाल थापा १०३,  गिता पुन १०२, पबित्रा थापा १०२, नेकपा प्रचण्ड नेपाल पक्षका उम्मेदवार विजय भएका छन ।

 नेपाली काङ्ग्रेस उम्मेदवारहरु भुमलाल डाङ्गी ७२, चन्द्र बहादुर पुन ७२, बबिता परियार ७१, भिमकली बुढा ७१,
मत प्राप्त गर्दै पराजित भएका छन भने जम्मा १ मत बदर भएको शिक्षा शाखा प्रमुख तथा निर्वाचन अधिकृत ध्रुर्बा थापाले जानकारी दिए । उक्त पराजित हुने टिमलाइ नेकपा ओलि समुहको समेत साथ रहेको  स्थानीयले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top