होमपेज / राजनीति
इन्द्र बुढाथोकी माघ १५,सल्यान
नेकपा केन्द्रीय सदस्य तथा पुर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा वलीको मुटु नै एमसिसी भएको र त्यसलाई पास गर्ने नपाउँदा ससद भंग गरेको बताएका छन ।
उनले एमसिसी पास गरेर अमेरिकी सेना परिचालन गर्न चाएको र नेपालमा एमसिसी पास गरेर कम्युनिस्ट आन्दोलन नै सिध्याउन लागेको र त्यस्तो गर्न नपाउदा सनक भरमा देशलाइ प्रतिगमन तिर धकले बताए ।
बिहिबार नेकपा बनगाड कुपिण्डे नगर कमिटीको वैठ्कलाई शम्बोधन गर्दै नेता बस्नेतले प्रधानमन्त्री केपिको प्रतिगमन विरुद्ध सबैलाई शसक्त भएर लाग्न समेत अनुरोध गरेका छन । नेपाली जनता सङ्ग समन्वय गर्न विर्सिएर फुट गुट बादी तिर केपि वली लागेको इन्चार्ज बस्नेतले आरोप लगाए । हामी नेपाली एकता पक्षमा जनताको एकता र श्रमजीवी वर्गको कुरा गर्ने पार्टी भएकोले राम्रो नमानेको उनको भनाई छ । अब कपि ओलिले हार्ने र आफुँहरुले जित्ने समेत दावी गरे । सल्यान केपि ओलि तिर लागेका नेताहरू पनि संसद विघटन विरुद्धमा भएको पनि जिकिर गर्ने भएको छ । उनले भने उहाँहरु गुटबन्दीका कारण अर्को गुट रोज्नु भएको छ ।
क्रान्तिकारी पार्टीले केपी वली प्रवृतिको विरोध गर्नु पर्ने र बामदेब गौतम अवसर बादी नेता भएको र त्यस्तो व्यक्तिलाई साथ दिन नसकिन्ने समेत बताए ।
जिल्ला सचिव कर्ण बहादुर बुढाथोकीले नेकपा पार्टी सिस्टम र बिधि प्रक्रियामा चल्नु पर्ने बताएका छन । केपी ओलीदृ अरुलाइ विधि प्रक्रियाको कुरा गर्ने र आफू कहिले पनि विधि प्रक्रियामा काम नगर्दा पार्टी विभाजनमा पुगेको बताए । अब नेकपा भित्र कुनै गुटबन्दी भन्दा विधि र प्रक्रियामा गएर केपि ओलिको प्रतिगमनका बिरोध लड्दै अगाडि बढ्नु पर्ने बताएका छन ।





.jpg)