ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डे नगरपालिकाको कार्य प्रति नेपाली काँग्रेसकाे आपत्ति

  इन्द्र बुढाथोकी २०७७ माघ १४ गते बुधबार १८:१६:४८ मा प्रकाशित

इन्द्र बुढाथोकी माघ १४,सल्यान 

बनगाड कुपिण्डे नगरपालिका र  नगर प्रमुख गोविन्द कुमार पुनले सञ्चालन गरिरहेका गतिविधि प्रती नेपाली काङ्ग्रेस बनगाड कुपिण्डे नगरपालिका सल्यानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाको विकास निर्माणको क्रममा गठन हुने उपभोक्ता समिति लगाएत विकास निर्माणका समग्र क्रीयाकलापहरु र अन्य रोजगारी तथा अवसरहरुमा राजनैतिक र अन्याय पुर्ण व्यवहारले स्थानीय सरकार र सो सरकार सचालन गर्ने व्यक्तिहरूबाट पदिय मर्यादाको चरम उलंघन र उपहास भईरहेको काङ्ग्रेसले जनाएको छ  । 
आम जनसमुदायले स्थानीय सरकारबाट न्याय, समानता, निश्पक्षता र समृद्धिको आशा गरिरहेको सन्दर्भमा बनगाड कुपिण्डे नगरपालिका सरकार भने  आफ्नो गुटगत र आत्मगत अपेक्षा पूरा गर्ने बाटोमा अघि बढिरहेको नेपाली काँग्रेस बनगाड कुपिण्डे नगरकार्य समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ  ।

विज्ञप्तीमा  रोजगार र अवसर प्राप्त गर्ने सिलसिलामा योग्यता, क्षमता र निश्पक्षताको न्युनतम आधारमा नभई स्थानीय सरकार प्रमुखको पार्टी र त्यस भित्रको एउटा गुटको सदस्यता नलिइ कुनै अवसर नै प्राप्त नहुने, हुन नदिने फासिस्ट कार्यशैली अपनाएको देखिन्छ । यसको पछिल्लो उदाहरण नेपाल तरुण दल बनगाड कुपिण्डे नगरपालिका नगर समिति अध्यक्ष बिजय बस्नेतलाई प्रतिभा क्षमता हुदाँहुँदै आफ्नो पार्टी र गुटमा सम्मलित नभए रोजगारी प्राप्त नहुने बाध्यात्मक अवस्था सिर्जना गरि मनोबैज्ञानिक त्रास उत्पन्न गरेकोले स्पष्ट हुन्छ  उल्लेख गरिएको छ ।

के समावेसिता, न्याय पुर्ण समाज र न्यायोचित विकासको हाम्रो सबैधानिक आदर्शको साटो बनगाड कुपिण्डे नगरपालिकामा रोजगारी, सुविधा र विकासका लागि नेकपा र त्यसको एउटा गुट चलाएर बसेका सरकार प्रमुखको अराजक गतिविधिको मतियार नै बन्नु पर्ने अर्थात अन्य पार्टी प्रती आस्था राख्न वा आम नागरिक भएर बस्न नै नपाउने हो ? यो गम्भीर प्रश्न उठेको छ । विज्ञप्तीमा भनिएको छ । 

तसर्थ अन्याय पुर्ण र फासिस्ट गतिविधि अबिलम्ब बन्द गर्न बिज्ञापन, रोजगार र अन्य अवसरहरुमा पुर्ण निश्पक्षता कायम गर्न र अन्य पार्टीका कार्यकर्ता र सर्वसाधारणहरुलाइ अस्थाई सत्ताको आडमा आतंकित नगर्न सचेत गराउदै नेपाली काङ्ग्रेस बनगाड कुपिण्डे नगरपालिका नगर समिति यस्ता क्रियाकलापहरुको प्रतिरोध गर्न न्याय प्रेमी सबै जनसमुदाय र राजनैतिक दलहरू र सम्पुर्ण सरोकारवालाहरु सङ्ग हार्दिक अपिल गर्दछ भनी नगर सभापति टोप बहादुर भण्डारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top