ट्रेण्डिङ

होमपेज / राजनीति

तरुण दल अध्यक्ष विजय वस्नेत नेकपामा प्रवेश

  इन्द्र बुढाथोकी २०७७ माघ १० गते शनिबार १८:४८:४६ मा प्रकाशित

इन्द्र बुढाथोकी माघ १०,सल्यान 
 नेपाली काङ्ग्रेस तरुण दलका बनगाड कुपिण्डे नगरपालिकाका नगर अध्यक्ष विजय बस्नेतले नेपाल कम्युनिस्ट पार्टी नेकपा केपि ओली समुहमा प्रवेश गरेका छन ।

बस्नेतले पार्टी प्रवेश कार्यक्रममा बोल्दै सबैलाई नेकपा वली समुहमा लाग्न अनुरोध गरेका छन । तरुण नगर  अध्यक्ष  बस्नेतलाई नेकपा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले खादा लगाएर स्वागत गरेका छन् । 

साथै नेकपा बनगाड कुपिण्डे नगरपालिकाको नगर स्तरीय वैठक सम्पन्न भएको छ । उक्त वैठकमा नेकपा नगर कमिटी सचिव गुञ्जमान वुढाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि नेकपा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य गोविन्द कुमार पुनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ ।

बैठकमा  नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर अध्यक्ष नारद घर्ती, कर्णाली प्रदेश परिषद् सल्लाहकार सदस्य प्रतिमल वुढा, पूर्व जिल्ला कमिटी सदस्य टेकराज शर्मा, युवा संघ प्रदेश ९क० का संयोजक इन्द्र भाट, युवा संघ नेपालका नगर संयोजक विवेक पुन, अनेरास्ववियुका नगर संयोजक प्रेमवहादुर वुढा लगायले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top