ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा सरकार इतिहासमै असफल सरकार : काँग्रेस नेता पौडेल

  इन्द्र बुढाथोकी २०७७ माघ १ गते बिहीबार १५:३१:२२ मा प्रकाशित

इन्द्र बुढाथोकी माघ १, सल्यान 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ओली नेतृत्वको नेकपा सरकार इतिहासमै असफल सरकार भएको बताएका छन् । आफ्नो स्पष्ट बहुमत भएको अवस्थामा संसद विघट्न गर्ने ओलीले कुनै पनि हालतमा वैशाखमा चुनाव नगराउने दावी समेत गरे । 

सल्यानको सल्लीबजारमा काँग्रेस कार्यकर्तासँग बोल्दै नेता पौडेलले ओली सरकारले घोषणा गरेको चुनाव कुनै पनि हालतमा नहुने जिकिर गरे । उनले भने ओलीले चुनाव बनाउने नियतका साथ वैसाखमा निर्वाचनको घोषण गरेको भन्दै देशलाई अस्थिरता, अराजकता, द्धन्द्धलाई नित्याउने सोच बनाई रहेका छन् । काम चलाउ भइसकेका प्रधानमन्त्रीले संविधानलाइ कुल्चेर चुनाव गराउँछु भन्ने ओलीको सर्वसत्तावाद जन्माउने निर्वाचन बाहेक अर्को हुन नसक्ने बताए । 

मण्डले प्रवृतिका प्रधानमन्त्री ओलीले केही समय पछि देशमा संकटकालको घोषणा गर्ने योजनामा रहेको समेत दावी गरे । पौडेलले प्रतिपक्षीको भूमिकामा समेत नेपालली काँग्रेस उभिन नसकेको स्वीकार संविधान, संघीयताको रक्षाको लागि कार्यकर्ता एक हुनु पर्ने बताए । देश लुटनकै लागि अहिले विभिन्न खेलहरु भइरहेको उनको आरोप रहेको छ । 

प्रधानन्यायधिश चोलेन्द्र समशेर जवराले न्यायलय र केपी ओलीले असंवैधानिक रुपमा सत्ता कव्जा गरेको पौडेलको भनाई छ । उनले भने देशमा अहिले यति भ्रष्ट सरकार छ । भ्रष्ट अख्तिया प्रमुखले कसरी भ्रष्टाचार निर्मुल गर्ने हुन । ओम्नी, यति, वाइडवडी, निमर्लाका हत्याराहरुलाई सरकारले प्रशय दिइरहेको र देश भ्रष्टाचारमा डुवि सकेको बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top