होमपेज / राजनीति
इन्द्र बुढाथोकी पुस २१,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले देशलाई समृद्धिको बाटोमा लिने जिम्मेनवारी युवाको काँधमा आएको बताएका छन् । युवाहरु नै उदाउँदो सूर्य भएकाले देश निमार्णको जिम्मेवारी पनि युवाहरुकै हुने बताए ।
मंगलबार श्रीनगरमा आयोजित राष्ट्रिय युवा संघ र अनेरास्ववियू सल्यानको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्वालाले ओली सरकारले संविधानको मर्म र भावना विपतिर अध्याधेस र संसद विघट्न गरेको बताउँदै त्यसका विरुद्ध युवाशक्ति सडकमा उत्रिनु पर्ने बताए । केपी ओली प्रतिगमनको बाटो हिडेँको र अराजक बनेकै कारण उनले आफ्नो आयु आफै घटाउँदै गएको बताए । ओलीले सडकबाट म्यादी प्रहरी भर्ना गरे जसरी केन्द्रीय समिति विस्तार गरेको बताउँदै उनले पद, लोभको पछि लाग्नेहरु मात्र उनको पछि लाग्ने दावी गरे ।
नेकपाको आधिकारिक समूह आफूँहरु नै रहेकाले पार्टीको नाम र चुनाव चिन्ह पनि आफूँहरुले नै पाउने विश्वास व्यक्त गरे ।
यस्तै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले संविधानका कुनै पनि धारामा प्रधानमन्त्रीले संसद विघट्न गर्ने अधिकार नदिएको बताउँदे उनले नेपाली जनताको लामो त्याग तपस्या र बलिदानबाट निमार्ण भएको संविधानलाई समेत कुल्चेको बताए । सरकार र पार्टी आफूँ अनुकुल नभए विघट्न गर्ने ओलीले भोली नेपाललाई नै विघट्न नगर्लान भन्न नसकिने बताए ।