होमपेज / राजनीति
प्रकाश शर्मा पुस १९,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले कर्णाली प्रदेशमा प्रचण्ड– माधव समूहको बलियो भएको बताएका छन् ।
पार्टी बलियो भएकै कारण प्रदेश सरकार कसैले हल्लाउन नसकने बताए । ज्वालाले पार्टी को आधिकारिक नेपाल प्रचण्ड ,माधब हुने र पार्टी निर्माणको कामलाई जनस्तर सम्म लैजाने बताए । नेपाल कम्युनिस्ट पार्टी दार्मा गाउँकमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ज्वालाले नेकपानै देशकै ठुलो पारर्टी हुने दावी गर्दै ढुक्क भएर ओली सरकारको असवैधानिक र अलोकतान्त्रि कार्यका विरुद्ध डटेर लड्न आग्रह गरे । ओलीको अहंकार र दम्भले पार्टी फुटको संघारमा आएको र जनताको भावनामाथि खेलवाड गरेको बताए ।
यस्तै उमाकान्त शर्माले ओलीको कदमले संघीय व्यस्था नै खतरा पर्ने बताए । सहिद को बलिदानि द्वारा निर्मित संविधान कुल्चेर ओलीले जनयुद्ध र जनआन्दोलनको उपलव्धिमाथि कुठाराघात गरेको बताए । यस्तै कर्णाली प्रदेश सदस्य भीम प्रकाश शर्माले विदेशीको इशारामा नेपाली जनताले निमार्ण गरेको संविधानलाई लत्याउने काम गरेको बताए । अहिलेको लडाई पद, प्रतिष्ठाको भन्दा पनि न्याय र समानताको लागि भएको उनको भनाई छ ।
कार्यक्रममा कर्णाली प्रदेश सदस्य नीम बहादुर केसी ,कृति बहादुर पुन जिल्ला सचिब कर्ण बहादुर बुढाथोकी जिल्ला सदस्य हरु रमेश गौतम , रत्न बहादुर ओली ,चन्द्र बहादुर रावत ,कवि चन्द ,भिमला चन्द ,अनन्त प्रसाद शर्मा, शेर बहादुर केसी ,लगायतले मन्तव्य राखेका थिए । ।





.jpg)