होमपेज / राजनीति
इन्द्र बुढाथोकी पुस १८,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा १ मा मोविर रानाको अध्यक्षतामा ९ सदस्य तरुण दल गठन गरिएको छ ।
जसको सचिवमा सुनिल नकाल र कोषाध्यक्षमा कृष्ण विसिलाई चयन गरिएको छ । जसको सदस्यहरुमा टोब बहादुर बि सि, नवीन पुन,योगेश कुमार पुन, सुनिल बि सि, गोबिन्द बि क,दिपक के सि, रहेका छन ।
उक्त कार्यक्रममा स्थानीय चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का नगर प्रमुखका उम्मेदवार हाल नेकपा नगर कमिटी सदस्य वडा नम्बर १ का राम कुमार माझी सहित नेकपा परित्याग गरि नेपाली काग्रेसमा ६ जनाले प्रवेश गरेका छन। जसमा राम कुमार माझी वडा नम्बर १सोही वडाका प्रेम बहादुर भन्डारी, गोबिन्द बिक, मिलन पुन इन्द्र बि क वडा न ३, उमेश बि क वडा न ११ नेपाली काङ्ग्रेसमा पार्टी प्रवेश गरेका छन ।
तरुण दल गठन कार्यक्रमका प्रमुख अतिथि तथा निति तथा प्रशिक्षण बिभागका केन्द्रीय सदस्य धुर्वराज पुरिले अब देशमा नेपाली कांग्रेस वाहेक अरु विकल्प नरहेको जनाउनु भएको छ । कम्युनिष्टले देशलाई बरवादी तर्फ धकेलेको जनाउँदै अब अन्य विकल्प नहेरी नेपाली कांग्रेस मात्रै यो देशको संरक्षण कर्ता भएको जनाएको छ । नेपाली काङ्ग्रेस संविधान बनाएको र देशको नेतृत्व काङ्ग्रेसले मात्र हाक्ने भएकाले सबैलाई कम्युनिस्ट भन्दा नेपाली काङ्ग्रेस तिर आउन आग्रह गर्नु भएको छ । साथै आउदो चुनाव नेपाली काङ्ग्रेसमैय हुने समेत बताउनु भएको छ । सबै भन्दा फोहरि खेलमा नेकपाको नेतृत्व लागेको समेत आरोप लगाउनु भयो । कुनै विधि विधानमै नभएको कुरा अहिले देशमा भैरहेको समेत जनाएको छ ।
त्यसै गरि उक्त कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समिति तथा शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी, दिपेन्द्र विष्ट, पुरुषोतम आचार्य उषा राना र तरुण दलका नगर अध्यक्ष विजय वस्नेतले समेत मन्तव्य राखेका थिए । नगर सभापति टोपवहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन रामवहादुर वस्नेतले गरेका थिए । नव प्रबेशि रामकुमार माझीले अब देश र युवाको नेतृत्व अन्य पार्टी गर्ने नसक्ने त्यसको नेतृत्व नेपाली काङ्ग्रेसमा गर्ने देखेर पार्टी प्रवेश गरेको बताएका छन् । ।





.jpg)