ट्रेण्डिङ

होमपेज / राजनीति

ओली विदेशीको कठपुतली बन्दा देश अस्थिरतामा धकेलियो : सह– इन्चार्ज ज्वाला

  संजिब शर्मा २०७७ पौष १८ गते शनिबार १८:२८:११ मा प्रकाशित

सञ्जीव शर्मा पुस १८,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी ( प्रचण्ड– माधव) ले कुमाख गाउँपालिकामा बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

शनिबार रागेचौरमा आयोजित कार्यक्रममा कुमाख गाउँपालिकाका कार्यकर्ताको बाख्लो उपस्थिति रहेको थियो । 
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सह– इन्चार्ज प्रकाश ज्वालाले प्रधानमन्त्री ओली विदेशीको कठपुतली बन्दा देश अस्थिरतामा धकेलिएको बताए । ओलीले चालको असवंैधानिक तथा अलोकतान्त्रिक कार्यले देश र जनताले दुख पाएको उनको भनाई छ । 

प्रधानमन्त्रीले निर्वाचन गराउनका लागि चुनावको मिति तोक्ने भन्दा पनि आफ्नो आयु बढाउने षडयन्त्र गरेको ज्वालाको भनाई छ । उनले भने निर्वाचन गराउने इच्छाशक्ति भएको व्यक्तिले संसद् विघट्न गर्दैन बरु जनताले दिएको जनमतलाई स्वीकार गरी पुरै कार्यकाल जनताको पक्षमा उभिन्छ । 

यस्तै कर्णाली प्रदेशका सदस्य भीम प्रकाश शर्माले केपी ओलीले पार्टी सञ्चालन गर्ने भन्दा पनि एउटा गुटमात्र सञ्चालन गरेको अहिले पुष्टि भएको बताए । सडक आन्दोलनबाटै संसद् पूर्णस्थापना गरेरै छाड्ने उनको दावी छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top