ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा बनगाड कुपिण्डे नगरपालिकाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न

९० प्रतिशत जनता आफूँहरुसँग भएको मन्त्री ज्वालाको दावी

  इन्द्र बुढाथोकी २०७७ पौष १७ गते शुक्रबार १८:०७:२८ मा प्रकाशित

इन्द्र बुढाथोकी पुस १७ सल्यान ।
 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनगाड कुपिण्डे नगरपालिकाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले बनगाड कुपिण्डे नगरपालिकामा ९० प्रतिशत कार्यकर्ता जनता आफ्नो पक्षमा भएको र  १० प्रतिशत मात्र चोइटिएर अर्को समुहमा गएको दावी गरे । सानो समुह जादैमा आफुँहरुलाइ कुनै समस्या नपर्ने उनको भनाई छ ।

 केन्द्र देखि स्थानीय तह सम्म आफ्नो पार्टीको पक्षमा कार्यकर्ता भएको बताउँदै उनले जनताको कुनै पनि समस्यामा आफू सधै लागि रहने बताए । आफुहरुनै सस्थापन पक्ष भएको र अर्को समुहले विभिन्न ठाउँमा कार्यक्रम गर्दा सम्म रुजेको विरालो जस्तो नुन खाएको कुखुरा जस्तो भएर कार्यक्रम गरेको र प्रस्तुत भएको उनको दावी रहेको छ  । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ज्वालाले बिभाजनले कसैलाई फाइदा नहुने र बिभाजन गरि चोइटिएर जाने समुहलाइ नै घातक हुने  र विभिन्न समयमा चोटिएर गएको समुहनै सिधिएको बताए । केपि वलि समुहले विभिन्न पद प्रलोभन देखाएर मान्छेलाई भ्रम सिर्जना  गरेर मान्छे आफ्नो पक्षमा लिने गरेको त्यो धेरै  दिन नटिक्ने बताए । अब सल्यान जिल्लाका सबै स्थानीय तह नेकपाको कब्जामा उनको भनाई छ । । 

१४ गतेको प्रदेर्शन कार्यक्रमले नै आधिकारिक नेकपा भएको प्रमाणित गरिसकेको र यदि केपि वलिमा नेकपा आधिकारिक हुने भने दुई तिहाइ पुर्‍याउन समेत चुनौती दिए । प्रधानमन्त्री वलि पश्छ गामी प्रतिकामी भएको समेत उनलेले आरोप लगाए  । निर्वाचन  अयोगले आफ्नो पार्टीलाई नै आधिकारिक पार्टी निर्णय गर्ने र अदालत समेत ससद पुर्णस्थापना हुने यदि  अदालतले पुर्णस्थापना  नगरेमा आफै ससदको हिउदे अधिबेशन बोलाएर बौहुमत सदस्य बाट प्रधानमन्त्री वलि लाई पद बाट हटाउने बताए ।

 केन्द्रिय सल्लाहकार सदस्य उमाकान्त शर्माले वर्ग संघर्ष बाट आएको सबिधानको अपहेलित गरेको र त्यसको रक्षाको निम्ति सबै एक ठाउमा आउने पर्ने बताए । कर्णाली प्रदेश सदस्य तथा जिल्ला सचीव कर्ण बहादुर बुढाथोकीले केपि प्रबिधिका विरुद्धमा लाग्न सबैलाई आग्रह गरे। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top