ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा दार्मा गाउँ कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न

विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश

  प्रकाश शर्मा २०७६ फाल्गुण ११ गते आइतबार २१:१५:११ मा प्रकाशित

प्रकाश शर्मा ११ फागुन , सल्यान 
 कम्युनिष्ट पार्टी (नेकपा) सल्यानले सपथ ग्रहण कार्यक्रमलाइ निरन्तरता दिएको छ । नेकपा सल्यानले  आइतबार दार्मा गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा सम्पन्न गरेको छ ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा तथा जिल्ला ईन्चार्ज टेक वहादुर बस्नेत, केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज गुलाब जंग शाह, प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, प्रदेश समिति सदस्य तथा जिल्ला सचिव कर्ण बहादुर बुढाथोकीले प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो । 

उहाँहरुले पार्टीको एकतापछिको रणनिति, खेल्नुपर्ने भुमिका, बदलिदो ,राजनितिक घटनाक्रम, सरकारका राम्रा उपलव्धिहरू तल्लोतह सम्म लैजाने आदिबारे प्रशिक्षण केन्द्रित गर्नु भएको थियो । गाउँकमिटीका सदस्यहरुलाई जिल्ला अध्यक्ष गोबिन्द कुमार पुनले सपथ ग्रहण गराउनु भएको थियो । 
विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश 
कार्यक्रममा नेपाली काँग्रेस र विप्लब नेकपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको छ । प्रवेश गर्नेहरुमा विप्लव निकट नेकपाका चित्र बहादुर खड्का, नेपाली काँग्रेसका हिरालाल नेपाली, अर्जुन कटुवाल, काँग्रेस दार्मा उपसंयोजक तिलक वली, तुलसीराम वली, गणेश देवकोटा लगायत १० जना रहेका छन् । नवप्रवेशीहरुलाई नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले टिका लगाएर स्वागत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top